साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कागजी योजना !

लामो समयदेखि कविता सिर्जनामा सक्रिय कवि सुभाषचन्द्र देवकोटाको पहिलो व्यङ्ग्य कविताकृति प्रकाशित हुँदैछ । फित्कौली अनलाइन मिडियाबाट प्रकाशित उहाँको ग्रहणतन्त्र कवितासङ्ग्रह आगामि भदौ ९ गते लोकार्पण हुँदैछ । प्रस्तुत छ ‘ग्रहणतन्त्र’ व्यङ्ग्य कवितासङ्ग्रहबाट- कागजी योजना शीर्षकको यो कविता ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

नेपालमा असारमा खेतमा धान रोपिदैन !
तर विकास रोपिन्छ !
असारमा खेतमा धान रोपेर
मङ्सीरमा किसानको भकारी भरिनु पर्ने हो
तर नेपालमा
असारमा विकास रोपेर
नेताज्यूले वर्षभरि नै वैङ्क भर्नु हुन्छ ।

त्यसैले विकासप्रेमी नेताज्यू,
असारमा खेतमा धान होइन्
विकास रोप्न मन पराउनु हुन्छ !

असरमा खेत रोप्न
किसानको खेतमा पानीको कुलो चाहिन्छ !
मल र बिउ चाहिन्छ
श्रम पोख्ने पाखुरी चाहिन्छ !
तर नेताज्यूलाई,
असारमा विकास रोप्न
न बिउ चाहिन्छ
न मल चाहिन्छ
न पानी कुलाको दरकार पर्छ !
न पसिना बगाउने पाखुराको आवश्यकता पर्छ
सिर्फ सरकारी योजना पुस्तिकामा
विकास योजनाका नक्सा कोरे पुग्छ
बही खातामा
हिसाब किताब मिलाए हुन्छ !

त्यसले त नेताज्यू,
योजना आयोगको रातो पुस्तिकामा
गोरू नारेर खेत जोत्नु हुन्छ र
धान रोप्नु हुन्छ ।
तै रातो पुस्तिकामा
मल किन्नु हुन्छ र छर्नु हुन्छ ।
तै रातो पुस्तिकामा
देशलाई आत्म निर्भर बनाउन,
श्रम पोख्नु हुन्छ,
विकासको मूल फुटाउनु हुन्छ !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x