साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुख्यो ?

साथी जुन दिन दुख्दैन नि त्यो दिन हो त्यो दिन सधैंको लागि नदुख्ने गरी निदाइने छ ! यसैले चित्त दुख्नुपर्छ ! चित्त बनेकै दुख्न हो वित्त बनेकै खहरेझैँ सुक्न हो ! दुख्नुपर्छ ! दुख्यो ??

Nepal Telecom ad

धनराज गिरी :

चस्स दुख्यो ?
दुख्यो ?
बोल न यार !
दुख्यो ?
कान नसुनेको भन्या ?
दुख्यो ?
कतै आत्था भयो ?
दुख्यो ?
दुख्छ यारा दुख्छ
नबोल
नभन
तिम्रो अनुहार बोलिरहेको छ
आँखाले भन्छ
दुख्यो ?
साथी
दुख्नुपर्छ
कतिखेर मन दुख्छ
कतिखेर वन दुख्छ
धन दुख्छ
संस्था दुख्छ
धर्म दुख्छ
मानवता दुख्छ
सम्बन्ध दुख्छ
दुख्छ, दुख्छ
सत्ता दुख्छ
भत्ता दुख्छ
नून दुख्छ
कानून दुख्छ
सुन दुख्छ
महावीर पुन दुख्छ
दुख्छ
छन्द दुख्छ
कविता दुख्छ
गीत दुख्छ
सङ्गीत
लय सुर ताल दुख्छ
दुख्यो ??
दुख्नुपर्छ !
जिउँदो हुनुको प्रमाण हो, दुख्नु् !
देश दुख्छ
विदेश दुख्छ
टोल दुख्छ
सारा भूगोल दुख्छ !
साथी
जुन दिन दुख्दैन नि
त्यो दिन
हो त्यो दिन
सधैंको लागि नदुख्ने गरी निदाइने छ !
यसैले
चित्त दुख्नुपर्छ !
चित्त बनेकै दुख्न हो
वित्त बनेकै खहरेझैँ सुक्न हो !
दुख्नुपर्छ !
दुख्यो ??

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x