सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुख्यो ?

साथी जुन दिन दुख्दैन नि त्यो दिन हो त्यो दिन सधैंको लागि नदुख्ने गरी निदाइने छ ! यसैले चित्त दुख्नुपर्छ ! चित्त बनेकै दुख्न हो वित्त बनेकै खहरेझैँ सुक्न हो ! दुख्नुपर्छ ! दुख्यो ??

Nepal Telecom ad

धनराज गिरी :

चस्स दुख्यो ?
दुख्यो ?
बोल न यार !
दुख्यो ?
कान नसुनेको भन्या ?
दुख्यो ?
कतै आत्था भयो ?
दुख्यो ?
दुख्छ यारा दुख्छ
नबोल
नभन
तिम्रो अनुहार बोलिरहेको छ
आँखाले भन्छ
दुख्यो ?
साथी
दुख्नुपर्छ
कतिखेर मन दुख्छ
कतिखेर वन दुख्छ
धन दुख्छ
संस्था दुख्छ
धर्म दुख्छ
मानवता दुख्छ
सम्बन्ध दुख्छ
दुख्छ, दुख्छ
सत्ता दुख्छ
भत्ता दुख्छ
नून दुख्छ
कानून दुख्छ
सुन दुख्छ
महावीर पुन दुख्छ
दुख्छ
छन्द दुख्छ
कविता दुख्छ
गीत दुख्छ
सङ्गीत
लय सुर ताल दुख्छ
दुख्यो ??
दुख्नुपर्छ !
जिउँदो हुनुको प्रमाण हो, दुख्नु् !
देश दुख्छ
विदेश दुख्छ
टोल दुख्छ
सारा भूगोल दुख्छ !
साथी
जुन दिन दुख्दैन नि
त्यो दिन
हो त्यो दिन
सधैंको लागि नदुख्ने गरी निदाइने छ !
यसैले
चित्त दुख्नुपर्छ !
चित्त बनेकै दुख्न हो
वित्त बनेकै खहरेझैँ सुक्न हो !
दुख्नुपर्छ !
दुख्यो ??

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल