साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्जुन शर्माको घडी

घरमा पुगेर छोरीले पानी ल्याएर दिएपछि त्यै छोरी मन पर्‍यो, विवाह गर्छु भन्लास् । अनि म यस्तो एउटा घडीसम्म किनेर बाँन्न नसक्ने डुकुलण्ठुलाई कसरी छोरी दिन सक्छु ?”

Nepal Telecom ad

कृष्णदेव रिमाल :

बूढो भन्न मिल्दैन । अधवैंसे भन्न मिल्छ । हो, अर्जुन बा पैंतालीस छयालिस वर्षका भए होलान् । मोटर साइकल चलाउन नजानेर होइन लहडी स्वभावले गर्दा घरीघरी बसको यात्रामा देखिन्छन् उनी । एकदिन लामो सिट भएको बसमा खँदिलोखँदिलो रुपमा बसेर यात्रा गर्दै थिए । उनको सामुन्ने अर्को लामो सिटमा उत्तिकै यात्री थिए ।

सहचालक बसको ढोकामा हत्केला बजार्दै कराउँदै थिए- चाबेलौशालाटेसोरसात्डोटोलङ्की… उसले थुप्रै स्टेशनहरूको नाम सन्धी गरेर उच्चारण गर्‍यो । त्यो नाम पटकपटक दोहोर्‍यायो । सहचालकको आवाज अभ्यस्त यात्रीले त जेनतेन बुझ्दथे तर ईशारा भने बुझ्दैनथे । उसको गुप्त ईशारा केवल चालकले मात्र बुझ्दथे । दुई पटक ढ्यापढ्याप आवाज आए अब जाउँ यात्री आउने छाँट देखिदैन भनिएको हुन्थ्यो । सहचालकले तीनपटक ढ्यापढ्यापढ्याप गरेमा एकछिन अझै रोक्नोस् भनिएको बुझ्दथे चालकले । चतुर चालक बसिसकेका यात्रीको मनोविज्ञान बुझेर एक मिटर अघि दुइ मिटर पछि सार्थे गाडी । गाडी अघि मात्र बढाउन त यी तीन मध्ये कम्तिमा एक परिस्थिति सिर्जना हुनुपर्दथ्यो ।

क. डण्डी समातेर झुण्डिदै यात्रा गर्ने प्रसस्त यात्री हुनुपर्ने
ख. ट्राफिक प्रहरी सिट्टी बजाउँदै नजिक आउनुपर्ने
ग. पछाडिको उहि रुटको गाडीले हर्नद्वारा ठेल्नुपर्ने ।

अर्जुन बा चढेको गाडी उपरोक्त अवस्थामध्ये कुनै पनि अवस्थामा थिएन । गाडीको गुद्दवारतिर रहेको ढोका ह्वाङ्गै थियो । परिस्थिति पट्यारलाग्दो थियो । सडकको धुलो ह्वार्ह्वार्ति बसमा पसिरहेको थियो । चढेका यात्रीहरूको मुहार उराठ लाग्दो देखिन्थ्यो । धुलो धपाउन आफ्नै हातले नाक हम्कन्थे यात्री ।

कुनि कति बजे कहाँ पुग्नु थियो, एउटा सुन्दर युवक यात्री त्यो बसमा निकै छट्पटाईरहेको थियो । सायद ऊ बेरोजगार थियो । अर्जुन बाको ठिक अघिल्तिर बसेको ऊ कतै जागिरको अन्तरवार्ता दिन जाँदै थियो कि ! के थाहा उसको बा बिरामी भएर अस्पताल रखेको पो थियो कि ! त्यतिखेरै त्यो हतास युवकले अर्जुन बाको हातमा घडी देख्यो । हत्पताएर वहाँलाई सोध्यो- “बा कति बज्यो ?”

अर्जुन बाले यति बज्यो भनिदिएनन् । बरू नजर गाडेर त्यो युवकको आँखामा हेरिरहे । युवक जिल्ल पर्‍यो । मनमनै भन्यो “किन यसरी हेर्छन् यी बुढा… ?” बुढाले एकछिनसम्म हेरिरहेको देखेपछि युवकले प्रकटमा नै सोध्यो- “के हेर्नु भाको बा त्यसरी खाउँला जस्तरी ? मैले के बिराएको छु र ? कति बज्यो भनेको त हो नि मैले ! यति बज्यो भन्देको भए त भैहाल्थ्यो नि । किन त्यस्सै आँखा देखाउनुहुन्छ ?”

युवकको पारा देखेर बुढा झन झोक्किदै भन्न थाले- “अझ उस्कै ठूलो स्वर ! जो चोर उसकै ठुलो स्वर भन्थे साँच्चै हो रछ ।”

“हैन के भो बालाई ? त्यस्तो क्यै भाको जस्तो त लाग्दैन मलाई ।” युवक नरम हुन खोज्यो ।
बुढा झन जङ्गिन पो थाले- “अहिले समय सोधिस् । एकछिनमा काँ ओर्लने बा ? भन्लास् !, म कोटेश्वर भनुँला । म पनि त्यहिं हो नि बा भन्लास् । फेरि घर काँनेर नि बा ? भन्लास् । म महादेउथाननेर भनुँला । फेरि मेरो पछिपछि आउलास् । सारै तिर्खा लाग्यो तपाइँको घरमा पानी पिएर जान्छु भन्लास् । घरमा पुगेर छोरीले पानी ल्याएर दिएपछि त्यै छोरी मन पर्‍यो, विवाह गर्छु भन्लास् । अनि म यस्तो एउटा घडीसम्म किनेर बाँन्न नसक्ने डुकुलण्ठुलाई कसरी छोरी दिन सक्छु ?”

युवक जिल्ल पर्‍यो । अरू यात्री झन जिल्ल परे ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x