साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागल युग

अनि, जन्माउनु छ आकाशको गर्भबाट म जस्तै पागलहरूको भिँड र, घोषणा गर्नु छ, पागल युग स्वघोषित सद्धे युगको अवशेष उन्मुलनपछि । पागल युग ।

Nepal Telecom ad

एमपी पाण्डे :

डा.सिद्धान्त
के भन्छ ?
मेरो सिटी स्क्यान रिपोर्टले
कुन ब्राण्डको जुका पसेछ मेरो दिमागमा
कति प्रतिशत चुसेछ मेरो सद्धेपन ?
म मान्छे नै छु
या
पागल भइसके ?
तपाईंको स्वाथ्य विज्ञानको आँखामा ?

राख्न त
फरक धारणा राख्छु म
साविक भन्दा
फरक प्रयोग चाहान्छु,
म चाहन्छु
मैले आकाशतिर फर्केर थुकेँ भने
त्यो आफैतिर नफर्कियोस्
आकाशै केन्द्रीत होस्
म असहमत छु
न्युटनको स्याउ
उधैँ खस्ने सिद्धान्तसँग
कुनै पनि वस्तु
उधोँ त खस्छ नै
आखिर
उँभो खसाउन किन सकेनन् उनले पनि ?

मलाई
खोला उकालो चढेको हेर्नु छ
हावा पहाड चढ्न सक्ने
पानी किन नसक्ने ?

टाउकोले टेकेर हिँड्नु छ
खुट्टामा टोपी लाएर
आँखालाई भात खुवाउनु छ जबर्जस्ति
मुखलाई हेर्न लाउनु छ
आँखाले जस्तै ट्वाल्ल
अनाज कहाँबाट आउछ ?

सोध्नु छ
बच्चाको आमा को हो ?
महिलाद्वारा सामुहिक बलात्कार गर्न लाएर
अबला पुरुषहरूलाई गर्भिणी तुल्याएपछि ।

पुनः
उमार्नु छ मान्छेका पुच्छर
घोडाको सिङ
गड्यौला उडाउनु छ
चरालाई घस्रिन लाएर
रङ्ग भर्नु छ
सुगन्ध छर्नु छ
प्रेम पोत्नु छ,बारुदको आभामा
फुलहरूको परागसेचन निषेध गरेर ।

अदला बदली गर्नु छ
बुद्ध,गान्धी
हिटलर र सुहार्तोका मुटुहरूको
सामुहिक शल्यक्रियापछि।

अन्तमा
उल्ट्याउनु छ
धर्ती र आकाशलाई तलमाथि पारेर
अनि,
जन्माउनु छ आकाशको गर्भबाट
म जस्तै पागलहरूको भिँड
र,
घोषणा गर्नु छ,
पागल युग
स्वघोषित सद्धे युगको अवशेष उन्मुलनपछि ।
पागल युग ।

०००
बाजपा- ३, अछाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाडमासुको रोबर्ट

हाडमासुको रोबर्ट

एमपी पाण्डे
दशैंघरबाट

दशैंघरबाट

एमपी पाण्डे
कुखुरी काँ

कुखुरी काँ

एमपी पाण्डे
छिल्लिएको घाम

छिल्लिएको घाम

एमपी पाण्डे
सु-साइट नोट

सु-साइट नोट

एमपी पाण्डे
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x