बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

पागल युग

अनि, जन्माउनु छ आकाशको गर्भबाट म जस्तै पागलहरूको भिँड र, घोषणा गर्नु छ, पागल युग स्वघोषित सद्धे युगको अवशेष उन्मुलनपछि । पागल युग ।

Nepal Telecom ad

एमपी पाण्डे :

डा.सिद्धान्त
के भन्छ ?
मेरो सिटी स्क्यान रिपोर्टले
कुन ब्राण्डको जुका पसेछ मेरो दिमागमा
कति प्रतिशत चुसेछ मेरो सद्धेपन ?
म मान्छे नै छु
या
पागल भइसके ?
तपाईंको स्वाथ्य विज्ञानको आँखामा ?

राख्न त
फरक धारणा राख्छु म
साविक भन्दा
फरक प्रयोग चाहान्छु,
म चाहन्छु
मैले आकाशतिर फर्केर थुकेँ भने
त्यो आफैतिर नफर्कियोस्
आकाशै केन्द्रीत होस्
म असहमत छु
न्युटनको स्याउ
उधैँ खस्ने सिद्धान्तसँग
कुनै पनि वस्तु
उधोँ त खस्छ नै
आखिर
उँभो खसाउन किन सकेनन् उनले पनि ?

मलाई
खोला उकालो चढेको हेर्नु छ
हावा पहाड चढ्न सक्ने
पानी किन नसक्ने ?

टाउकोले टेकेर हिँड्नु छ
खुट्टामा टोपी लाएर
आँखालाई भात खुवाउनु छ जबर्जस्ति
मुखलाई हेर्न लाउनु छ
आँखाले जस्तै ट्वाल्ल
अनाज कहाँबाट आउछ ?

सोध्नु छ
बच्चाको आमा को हो ?
महिलाद्वारा सामुहिक बलात्कार गर्न लाएर
अबला पुरुषहरूलाई गर्भिणी तुल्याएपछि ।

पुनः
उमार्नु छ मान्छेका पुच्छर
घोडाको सिङ
गड्यौला उडाउनु छ
चरालाई घस्रिन लाएर
रङ्ग भर्नु छ
सुगन्ध छर्नु छ
प्रेम पोत्नु छ,बारुदको आभामा
फुलहरूको परागसेचन निषेध गरेर ।

अदला बदली गर्नु छ
बुद्ध,गान्धी
हिटलर र सुहार्तोका मुटुहरूको
सामुहिक शल्यक्रियापछि।

अन्तमा
उल्ट्याउनु छ
धर्ती र आकाशलाई तलमाथि पारेर
अनि,
जन्माउनु छ आकाशको गर्भबाट
म जस्तै पागलहरूको भिँड
र,
घोषणा गर्नु छ,
पागल युग
स्वघोषित सद्धे युगको अवशेष उन्मुलनपछि ।
पागल युग ।

०००
बाजपा- ३, अछाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी