साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काका र काकाहरू

सिँचाई नभएर पटपटी चिरिएका गह्राहरू हेरेर पनि मन्त्रीहरू काका जस्तै किन मुस्कुराई रहन्छन् ? केही धुपौरे र चाकडीबाज कर्मचारीकै स्वागतमा काकाहरू कहिलेसम्म यसरी मुस्कुराई रहन्छन् ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

राजनीतिमा होमिएर,
ठूला नेताहरुको नजिक भएकोले
भारतीय छात्रवृत्तिको कोटामा
छोरालाई इञ्जिनियरिङ पढाए काकाले
चाइनीज छात्रवृत्तिको कोटामा
छोरीलाई मेडिकल पढाएका हुन् काकाहरूले
हिजोआज काकाका छोराछोरीहरू-
यौटा अमेरिकामा काम गर्छ,
अर्की अष्ट्रेलियामा काम गर्छे
छोराछोरीले बोलाइरहन्छन्
त्यसैले, विदेश पानी पँधेरो भएको छ काकालाई
तर देशभित्रकै राजनीतिमा रमाएका छन्
र धेरै अभ्यस्त र व्यस्त पनि छन् काकाहरू
पार्टीका कार्यकर्ता, कुनै प्राध्यापकलाई शोधगुरु राखेर
पार्टीकै कार्यकर्ता, विभागीय प्रमुख भएको बेला
पार्टीकै कुनै बाह्य परीक्षक राखेर
त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी गरेका हुन् काकाले
पूणर्कालीन राजनीति गरेका हुन् काकाले
तर घर छ काठमाडौंमा
र काठमाडौंलाई नै स्थायी थलो बनाएका छन् काकाहरूले
भूईँ तल्लामा सर्प र चोटामा बाँदरहरू खेल्छन्
काकाको गाउँको घरमा आजकाल
फेरी पनि राजनीति गर्न
गाउँको जीणर् घरलाई भत्कन दिएका छैनन् काकाहरूले
छोराछोरीलाई अमेरिका र अष्ट्रेलियामा
घर किन्न सहयोग गरेका हुन् काकाले
त्यसैले, समय र मौका अनुसार काकाहरू
काठमाडौं, अमेरिका र अष्ट्रेलियामा रहने गर्छन्
यस पटकको चुनावमा, आफू जन्मेकै थलोबाट उठ्नका लागि
पार्टीले टिकट दिएपछि, चुनाव जितेर सांसद भएका काका
सरकार गिराउने र टिकाउने खेलमा राम्रैसँग होमिएका थिए
सरकार गिरे पनि, सरकार टिके पनि सुरक्षित थिए काकाहरू
त्यसैले भागबण्डाको दाउपेचमा, मन्त्री बन्नका लागि
योग्य ठहरिए काका र काकाहरू
अब हेलिकप्टर चढ्ने पालो
निर्वाचन क्षेत्रको भ्रमणमा गए काकाहरू
माथि आकासबाट उत्सुकतापूर्वक नियाले
रित्तिएका गाउँ र उजाड बस्तीहरू
सिँचाई नभएर पटपटी चिरिएका गह्राहरू
तल हेलिप्याडमा-
केही धुपौरे र चाकडीबाज कर्मचारीबाट स्वागत खाए
माला र खादाहरूले पुरिएको अभिनय गरे
र हेलिकप्टर चढेरै राजधानी फर्किए काकाहरू
राति आफू, आफ्नो पार्टी र वर्तमान सरकार
कृषि-क्रान्तिको लागि कटिवद्ध रहेको बताइरहेको
आफ्नै अन्तर्वार्ता
मन्त्री क्वाटरको लिभिङ रुममा राखिएको
महँगो सोफामा बसेर
ताइवानबाट आयातित, आकर्षक टेबुलमाथि खुट्टा पसारेर
कान्तिपुर टेलिभिजन हेर्दै
भारतबाट आएको वासमती चामलको थकाली थाली
ज्यूनार गर्दागर्दै काकाले अमेरिका र अष्ट्रेलियाका
विशाल फाँट र हरिया पार्कहरु सम्झिए
उता छोराछोरीले बोलाइराको पनि सम्झिए
पिआर रिन्यू गर्न जाने बेला भएको पनि सम्झिए

काका एकाएक मनमनै मुस्कुराए-
तर थाहा भएन- काका किन मुस्कुराए
थाहा भएन- काकालाई किन मन्त्री बनाइयो
थाहा भएन- यस्तै काकाहरू कहिलेसम्म मन्त्री बनिरहने हुन्
र थाहा भएन, रित्तिएका गाउँ र उजाड बस्तीहरू
सिँचाई नभएर पटपटी चिरिएका गह्राहरू हेरेर पनि
मन्त्रीहरू काका जस्तै किन मुस्कुराई रहन्छन् ?
केही धुपौरे र चाकडीबाज कर्मचारीकै स्वागतमा
काकाहरू कहिलेसम्म यसरी मुस्कुराई रहन्छन् ?

०००
१९ भाद्र, २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x