साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूलमा मिस्टेक

उफ्...होइन हौ यार  त्यस्तो गुहू देवता-सेवता केई होइन...काँ मैले नै बसिराको एउटा ढोक्सी भ्यागुतामाथि नै पो थेस्राइ पठाएछु। सुन्यौ, नारायण ... नारायण...तेसका बाउको ... तातोले पोलेर सहन नसकी उफ्रेर के गरुँ कसो गरूँ भनी मतिर उफ्रिएर आएको रहेछ ।

Nepal Telecom ad

कृष्ण प्रधान :

टोइलेटबाबु आफ्नै धुनमा टोइलेटभित्र कन्दै गाएको सुनिन्छ,

‘हिमाल टाकुरी समाउन
देऊ बैनी तिम्रो पाखुरी’

अलसतलस परी अत्तालिएर द्रूतगतिमा एउटा टोइलेटभित्र पस्छ । आँखा नहेरी बिमला पसेकी टोयलेटभित्रै स्वात्तै पस्ने हुँदा बिमला तर्सेर लाजले कहालिँदै कोहोलो मच्चाउँदै चिच्याउँछे। घर मेरो यहाँ होइन…(कन्छ)…यसै बीच सुन्दरी स्मार्ट युवती प्रवेश गरेर सोझै अर्को टोइलेटभित्र पस्छे । टोइलेटबाबु टोइलेटभित्र बाट निस्की गीतको धुन फ्लाँक्दै सोझै हात धुन थाल्छ। बले भुँडी समातेर ।

बिमला – (टोइलेट भित्रबाटै) गतिछाडा…लाज लाग्दैन ? जा… जा…निस्की । गेट लष्ट । अप्पुई के भा’को यो पड्के ? (बले टोइलेटभित्र बाट उछिट्टिएर बाहिर भुइँमा पछारिन्छ । भित्रबाट रिसाउँदै गन्गनिँदै बिमला निस्कन्छे ) । वाट् इज दिस ?

बले – दिस इज भूलमा मिस्टेक । (बिमलाको कहालिलाग्दो स्वर सुनेर टोइलेटबाबु पनि तर्सेर मञ्चको माझमा आइपुग्छ ) ।

बिमला – (टोइलेटबाबुलाई हेर्दै) के हो यो तिम्रो ? लाज सरम नभाको। टोइलेटभित्र लेडिज बसिराकी छे अनुहार र दनुवारको मान्छे भित्र स्वाट्टै पस्नु के हो ? (टोयलेटबाबु अरकच्च परेर उभिरहन्छ)।

टोयलेटबाबु – (कुनै असर नपरेजस्तो गरी) खै के हो के हो ? (टोइलेटबाबु अरकच्च परेर उभिरहन्छ) ।

बिमला – एई गोब्रे…तेरो आँखा छैन ? तँलाई कसले भित्र पस्नु भन्यो ?

बले – अँ…अँ…ले म्याडम । चापेर कस्तो साह्रो पारिराको बेलामा काँ हेरिरा’नु म्याडम । झ्वाम्मै पसेको ता अम्मुई ह्वाम्मै । ओ माई गडको पाप्रा (मस्केर हुरूक्कै हुन्छ) ।

बिमला – चूप ! तँलाई लाज लाग्दैन ?

टोइलेटबाबु – (सारमा सार मिलाउँदै) को नि पो अरे !

बिमला – नकरा । तँहरूको चलाखी हो यो…म सब बुझ्छु ।

टोइलेटबाबु – हे हरि ! मलाई केही थाहा छैन । म ता तपाईकै पल्लोपट्टि थिएँ । गीत गाएको सुन्नु भएन म्यामले ? मेरो स्वर कस्तो लाग्यो ? (बले के के सम्झिँदै आफ्नै धुनमा हाँसिरहेको देखिन्छ।

बिमला – कोनि कोनि । तेरो स्वर सुन्नु आको हो म यहाँ ?

टोयलेटबाबु – भोइस अफ नेपालमा मेरो स्वरले चान्स पाउँला म्याम ?

बिमला – अम्मुई…भोइस अफ नेपाल अरे ! लुतो लागेको फ्याउराकोजस्तो स्वर ।

बले – हे हरि !

बिमला – (कर्कश स्वरमा टेँढे आँखाले हेर्दै) चूप ! हरिको नाम बदनाम नगर् । तँ ता बोल्दै नबोल् । तँहरू अचेल यहाँ राजनीतिले मात्तिएका र पात्तिएका छस् । गर्नेले जे पनि गर्दा हुन्छ नि । नेताहरू ता बिग्रे बिग्रे तँहरूलाई पनि बिगारेर सखाप पारिसकेका छन् । राजनीतिको आडमा ता तँ लेडिज टोइलेटभित्र ढुक्कैले पसेको ? (झन् ठूलो स्वरमा) तैं चूप । तैं चूप । आई एम रिपिटिङ अगेन…जुन दिन तँहरूले हाम्रो वासभूमि ल्याउँछस् नि (यो संवाद सुनेर नेती चोरपट्टि झम्टेर जान्छ) ।

टोयलेटबाबु – त्यसो ता होइन होला…पखालाको आडमा पो स्वात्तै पस्दा…झ्वाम्मै…!

बिमला – कोनि कोनि । यल्लाई चल्दोरहेछ पखाला । सब बहाना…!

बले – तपाईलाई पखाला चल्दा कस्तो हुन्छ ? राजनीतिले होइन चेपनीति ठेलेर पठाको बैनी ।

बिमला – मलाई बैनी नभन् । तँजस्तो छाडा बूढाहरूले बैनी भनेको मनै पर्दैन…!

बले – ए रात्तै ? म पो छाडा बूढो ? मेरी बास्सै ! मलाई सबले काटाकुटी रामदेव बाबजस्तो भन्छ । नानीको दृष्टि गलत छ । काँकरभिट्टामा एकपल्ट आँखा चेक गराउनुपर्छ होला ।

बिमला – गल्ती गर्छस् मेरो आँखालाई दोष ? देखिनस् भर्खर फ्लेसियल गरेर आकी ? छाडा बूढो…!

बिमला – (छेवैको ढुङ्दा टिपेर हान्ने तरखर गर्दै) शट अप ! ऐले एई ढुङ्गाले टाउकोमा आलु फुलाइदिन्छु ।

टोयलेटबाबु – कसको मेरो ?

बिमला – (बलेलाई देखाउँदै) काम गर्ने कालुको होइन यो भूइँभालूको टाउकोमा नि । (बिमलालाई हेर्दै अनि उसको सर्वाङ्गको कल्पना गर्दै मज्जा मान्दै हाँसेको देखेर) आमामामा…हेरन चो दोब्रेको… तैंले चैं के त्यस्तो भयङ्कर देखिस् हौ…ननसेन्स ।

बले – (भुइँमा लडेर भुतुक्क पर्दै) भयङ्कर माने महाभयङ्कर नि.. डेञ्जर…आमामामा…गाँठे हो… विश्व ब्रह्माण्ड…!

टोइलेटबाबु – यो मान्छे साह्रै भाग्यमानी रहेछ मोरो ।

बिमला – शट अप । (पैसा नदिई जानलाग्दा बले पैसा माग्छ । यतिञ्जेल बिमलाले मञ्च छोडिसकेकी हुन्छे । नेपथ्यबाटै) के को पैसा ?

बले – (नेपथ्यतिर हेरी जोडले कराउँदै) टोइलेट फिस ।

बिमला – (नेपथ्यबाट) जा दिन्नँ तँहरूको पैसा ।

टोइलेटबाबु – तिमीले मेरो बिजिनेस चौपट पार्ने रहेछौ बले काका ।

बले – कस्तो साह्रो परेको थियो अन्त तल मोटर स्ट्याण्डदेखि यो टोयलेट मोडसम्म काँडको स्पिडमा आइपुगेँ अन्त । त्यो पनि चेप्दै आएको अन्त ।

टोइलेटबाबु – एकक्षण चेपिराख्न सकेनौ मोरा । होइन बले काका भन्नु उसो होइन किजैले पनि तिमी यसै गर्छौ । जब बूढी ताती तब बूढी ताती भनेको चैँ यही हो । टाइम हुने बेलामा पहिल्यै आउनु पर्दैन ? साह्रो गर्दा मात्र तिमी हँस्याङ्फँस्याङ् गर्दै आउँछौ ।

बले – पहिले कसरी थाहा पाउनु ? नआकोलाई जबरजस्ती कनी कनी उँधो ठेल्नु भएन टोइलेटबाबु।

टोइलेटबाबु – होइन बले काका ? साह्रै साह्रै पऱ्यो भने बरू ऊ (नेपथ्यतिर ईङ्गित गर्दै) झाडीतिर गएर थेर्साउँदा पनि भो नि । लण्ठै साफ । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने । कसैको ऱ्याइँ न ठ्याइँ (रूञ्चे स्वरमा) म मात्र होइन हामी सबैले ने यसरी नै सहनुपर्छ ।

बले – (तर्सेको भावमा) आम्बो ! झाडीमा जानु ? (कान समात्दै) बरू यहीँ जावोस् (प्याण्ट देखाउँदै) कि तर लाख रूपियाँ दियो भने पनि मरि गए झाडीमा चैं बस्दिनँ ।

टोइलेटबाबु – झाड़ीले चैं तिम्रो के खाइदिएको छ हौ बले काका !

बले – झाडीले ? (नेपथ्यतिर हेर्दै) मेरो सातो खाइदिएको छ । एकदिन यसरी नै साह्रो पारेर झाडीमा बसेको (प्याण्ट फुकालेर बसेको अभिनय) मात्रै थिएँ…(बसेको अभिनय) पछिल्तिरबाट (दाहिने हातका औंलीलाई साँप आकार बनाएर) स्वाँक्क गरेको मात्र के थियो…म बङ्ङै भूइँमा (भूइँमा उत्तानु चित् परेको अभिनय) ।

टोइलेटबाबु – हो र ? कस्सो डँसेन है । हुन ता मलाई पनि साँपसित साह्रै डर लाग्छ हौ ।

बले – डर लाग्दैन अन्त ? बरू टोइलेटबाबु मलाई बाघसित ओपन फाइट खेल्ने आँट आउँछ कि तर यो साँपको नाम लिँदै प्राण पखेरू उड्छ । झाडीमा साँपले स्वाँक्क गरेदेखि ता कसैले जिउमा डोरीले चलाइदियो भने नि कहालिन्छु पो म ता ।

टोइलेटबाबु – नाम मात्रै बलबहादुर रहेछ मान्छे भने काफरे है ?

बले – (साँपले डँसेको अभिनय गर्दै) अन्त साँपले यसो गर्दा पनि डर लाग्दैन ? (चाक देखाउँदै) यो तानपुरामा स्याँक्कै पाऱ्यो भने सर्वनाश हे प्रभु…सर्वनाश ।

टोइलेटबाबु – सर्वनाश मात्रै एकैचोटि फाइनल सर्वनाश ।

बले – अब्बुई सम्झिँदा पनि आङ जिरिङजिरिङ हुन्छ (जिरिङजिरिङ हुँदै) । त्यो दिनको घटना जीवनभरि बिर्सिदिनँ अन्त। बाफरे !

टोइलेटबाबु – हो हो साँपसित ता मलाई साह्रो डर लाग्छ ।

बले – (स्वाद मान्दै) फेरि अर्को एउटा इण्ट्रेस्टिङ घटना सुन्नुहोस् न । एकदिन यसरी नै साह्रो पाऱ्यो । झाडीभित्र पसेँ । साँझ साँझको बेला । अन्लोड भयो । एकक्षणपछि मैले थर्साएको मेरै माल बुरूकबुरूक उर्फिँदै मेरै पछि पछि पो आउँछ । आफै तीन छक्क परेँ । वन देवताले रूप बद्लेर फलो गरेको जस्तो । ड… डर लाग्यो । आङ जिरिङजिरिङ भयो ।

टोइलेटबाबु – हँ के भन्छ बले काका ! तिमीले थचारेको उफ्रिँदै…वाह..कति इण्ट्रेस्टिङ । तर यो कस्तो चमत्कार बले काका। वन देवता…

बले – के को वन देवता नि ?

टोइलेटबाबु – त्यसो भए गुहू देवता होला….

बले – उफ्…होइन हौ यार  त्यस्तो गुहू देवता-सेवता केई होइन…काँ मैले नै बसिराको एउटा ढोक्सी भ्यागुतामाथि नै पो थेस्राइ पठाएछु। सुन्यौ, नारायण … नारायण…तेसका बाउको … तातोले पोलेर सहन नसकी उफ्रेर के गरुँ कसो गरूँ भनी मतिर उफ्रिएर आएको रहेछ ।

टोइलेटबाबु – (हाँस्दै) तातो मात्रै ? बले काकाको राशिनको लोड है फेरि। विचरा ! त्यो ढोक्सी भ्यागुतालाई भारीमाथि सुपारी भनेजस्तो भयो होला । (दाजुको प्रवेश)

बले – ऐया… भुँडी पो दुख्यो हौ । फेरि पसेँ है टोइलेटबाबु । (टोइलेटभित्र पस्छ, भित्रबाट)

पारी भित्ता उतिमा

डिस्टर्ब नगरे है बित्थामा ॥

मञ्च अँध्यारो हुन्छ ।

०००

सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x