साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टाट्नाको बोको

आओ-आओ युग तन्नेरीहरू सबै खाले छाडा र नकचरा मासेर कठै ! टाट्नाका बोकाहरू निचोरेर आँगन-आँगनमा लौ ! परेवा उडाओ, सगरमाथा टेकेर मेची, कोशी, गण्डकी, काली कर्णाली अनि धर्तीकै गौरव महाकालीमा दुवाली छेकेर !

Nepal Telecom ad

टंकमणि अधिकारी :

मूल्यमा जोखेर टाट्नाको बोको
उत्ताउलिन्छ पटक-पटक छिल्लिँदै
तरङ्गित मन छचल्किँदा बोको
सिँगारी बाख्राको ढाडमाथि सन्केर
बैँस पोखिरहेछ छताछुल्ल
रमितेको तमासा बनेर, उच्छृंखल !

बिउको बोको लरतरो कहाँ हो र ?
रोप्नैलाई छर्नैलाई त हो नि बिउ
मान्छेको, पशुको, बालीनालीको
माछाको, फलफूलको, तितेकरेलाको
जे होस् बिउ बिउ नै हो, कटुसत्य !

फोहोरीको बथान र बगान यो
दिक्क लाग्छ कहिलेकाहीँ त
टाट्नाको बोकोले छिः ! छिः !
मुखमा छिलिक-छिलिक मुतेर
हिच्च गरेर आकाश हेर्दा अनि
आफ्नै घरको भित्ता भिजाएको देखेर !
फुकेर गाउँ पस्छ त्यो अनि
र गाउँ नै दुर्गन्ध भो भने
गाउँ नै उत्ताउलिँदा झनै
न मनेहरू न धनेहरू न पाठीहरू
न सहपाठीहरू चोखा रहेनन,
कुनै पनि गाउँ गनायो, शहर गनायो छया !
नभन्दै कि वा देशै गनायो !

नदीहरू हिमालहरूमाथि मरुभूमिमा
कि वा समुद्रमा व्यर्थ बिउ छरेर के फल्छ र ?
अर्थात् सही ठाउँमा सुवासना
नछरिए बतासमा देसना चल्छ
देशमा विनाश हुन्छ शुद्धता !
सोपान ढल्छ सत्यको
चिराग मर्छ भ्रुण त्यो !

गाउँका, देशका, न्यायका नीतिका
राजनीतिका, समाजका र धर्मका
उत्ताउला दुर्गन्धित पोकाहरू
र फुत्केका छाडा बोकाहरू
समयमै समयले खसी पार्दा
रुनु पर्दैन मनेहरू, मुनाहरू
बेफ्वाँकमा मर्नु पर्दैन, सानेहरू !

आओ-आओ युग तन्नेरीहरू
सबै खाले छाडा र नकचरा मासेर
कठै! टाट्नाका बोकाहरू
निचोरेर आँगन-आँगनमा लौ !
परेवा उडाओ, सगरमाथा टेकेर
मेची, कोशी, गण्डकी, काली
कर्णाली अनि धर्तीकै गौरव
महाकालीमा दुवाली छेकेर !

०००
‘म जलेको चिता’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x