डा. लोकेन्द्रप्रसाद पौड्यालटाट्नाको बोको
आओ-आओ युग तन्नेरीहरू सबै खाले छाडा र नकचरा मासेर कठै ! टाट्नाका बोकाहरू निचोरेर आँगन-आँगनमा लौ ! परेवा उडाओ, सगरमाथा टेकेर मेची, कोशी, गण्डकी, काली कर्णाली अनि धर्तीकै गौरव महाकालीमा दुवाली छेकेर !

टंकमणि अधिकारी :
मूल्यमा जोखेर टाट्नाको बोको
उत्ताउलिन्छ पटक-पटक छिल्लिँदै
तरङ्गित मन छचल्किँदा बोको
सिँगारी बाख्राको ढाडमाथि सन्केर
बैँस पोखिरहेछ छताछुल्ल
रमितेको तमासा बनेर, उच्छृंखल !
बिउको बोको लरतरो कहाँ हो र ?
रोप्नैलाई छर्नैलाई त हो नि बिउ
मान्छेको, पशुको, बालीनालीको
माछाको, फलफूलको, तितेकरेलाको
जे होस् बिउ बिउ नै हो, कटुसत्य !
फोहोरीको बथान र बगान यो
दिक्क लाग्छ कहिलेकाहीँ त
टाट्नाको बोकोले छिः ! छिः !
मुखमा छिलिक-छिलिक मुतेर
हिच्च गरेर आकाश हेर्दा अनि
आफ्नै घरको भित्ता भिजाएको देखेर !
फुकेर गाउँ पस्छ त्यो अनि
र गाउँ नै दुर्गन्ध भो भने
गाउँ नै उत्ताउलिँदा झनै
न मनेहरू न धनेहरू न पाठीहरू
न सहपाठीहरू चोखा रहेनन,
कुनै पनि गाउँ गनायो, शहर गनायो छया !
नभन्दै कि वा देशै गनायो !
नदीहरू हिमालहरूमाथि मरुभूमिमा
कि वा समुद्रमा व्यर्थ बिउ छरेर के फल्छ र ?
अर्थात् सही ठाउँमा सुवासना
नछरिए बतासमा देसना चल्छ
देशमा विनाश हुन्छ शुद्धता !
सोपान ढल्छ सत्यको
चिराग मर्छ भ्रुण त्यो !
गाउँका, देशका, न्यायका नीतिका
राजनीतिका, समाजका र धर्मका
उत्ताउला दुर्गन्धित पोकाहरू
र फुत्केका छाडा बोकाहरू
समयमै समयले खसी पार्दा
रुनु पर्दैन मनेहरू, मुनाहरू
बेफ्वाँकमा मर्नु पर्दैन, सानेहरू !
आओ-आओ युग तन्नेरीहरू
सबै खाले छाडा र नकचरा मासेर
कठै! टाट्नाका बोकाहरू
निचोरेर आँगन-आँगनमा लौ !
परेवा उडाओ, सगरमाथा टेकेर
मेची, कोशी, गण्डकी, काली
कर्णाली अनि धर्तीकै गौरव
महाकालीमा दुवाली छेकेर !
०००
‘म जलेको चिता’
Subscribe
Login
0 Comments
Oldest






































