नदी भट्टराई‘दार्जिलिङ जर्नल’ साहित्यिक पत्रिकाको विमोचन
विद्याकी देवी सरस्वतीको तस्विरमा धूपदीपसहित प्रज्ज्वलन गरी आजको प्रमुख अतिथिलगायत मञ्चासिन स्रष्टाहरूबाट पूर्वघोषित नेपाली साहित्यिक पत्रिका दार्जिलिङ जर्नलको विधिवत लोकार्पण गरिएको थियो ।

मिरिक, २०२३ सेक्टेम्बर ६ तारिक अर्थात् २०८० भदौ २० गते बुधबारका दिन भारतको दार्जिलिङ जिल्लाअन्तर्गत मिरिक नगरपालिकाको शैनिक भवनको सभा हलमा एउटा ‘दार्जिलिङ जर्नल ‘ नामक नेपाली साहित्यिक पत्रिकाको पाँचौँ अङ्कको विमोचन भएको हो । नागरिक मञ्च मिरिकका अध्यक्ष ग्याल्बो लामाको अध्यक्षता, साहित्य सुनौँ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको प्रमुख आतिथ्य तथा सासुप मिरिकका सह-सचिव अमर दुङ्माली, फुवागढी उच्चत्तर माध्यमिक विद्यालयका पूर्व शिक्षक अरुणचन्द्र कुलुङ, डुप्टिन ग्राम पञ्चायत प्रधान शर्मिला राई, सूचना तथा साँस्कृतिक प्रमुख कैलास राई, गायिका भावना थापा, डा. कमला तामाङ ,शिक्षक भूपेन्द्र सुब्बा , सुकुनाका समाजसेवक सुरेन प्रधान र सासुपका संरक्षक दधिराम घिमिरे जस्ता विद्वान्विदूषीहरूको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
मञ्चासिन अतिथिवर्गमा खदार्पण गरेपश्चात कथाकार दीप प्रधानद्वारा उपस्थित स्रष्टाहरूलाई मन्तव्यद्वारा स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारिएको थियो । यसै क्रममा विद्याकी देवी सरस्वतीको तस्विरमा धूपदीपसहित प्रज्ज्वलन गरी आजको प्रमुख अतिथिलगायत मञ्चासिन स्रष्टाहरूबाट पूर्वघोषित नेपाली साहित्यिक पत्रिका ‘ दार्जिलिङ जर्नलको विधिवत लोकार्पण गरिएको थियो ।
केही मन्तव्यको क्रममा प्रमुख अतिथि राईले विमोचित पत्रिकाको स्तरमाथि प्रगतिको शोपान थपिएको चर्चा गरे भने सभापति ग्याल्बो लामाले भोलिका दिनमा पत्रिकाको क्षेत्र वृद्धिका लागि विद्यार्थीहरूको पहलमा अरू थप स्थान र विषयवस्तु समावेश गर्न दार्जिलिङ तथा मिरिक क्षेत्रका ऐतिहासिक चौतर्फी पक्षहरूको साथै विज्ञान र पर्यावरण विषयलाई पनि स्थान दिन जोड दिए ।
यस पत्रिकाको गुणस्तर वृद्धि हुनु र यसले उच्च स्थान हासिल गर्नुमा सहयोगी मनहरूको ठुलो भूमिका रहेको बताउदै पत्रिकाका प्रधान सम्पादक देवीलाल प्रधानले सुरेन प्रधान – सुकुना, अर्जुन प्रधान – तोखलाङ, कृष्णमणि थापा – सिङ्बुली, शर्मिला राई – डुप्टिन, अगमसिँह ग्राम सुधार समाज – मिरिक , सिङ्बुली नारी प्रकोष्ट, पाइनहल अङ्ग्रेजी विद्यालय – सौरेनी आदि संस्था तथा व्यक्तिहरूलाई स-सम्मान आभार व्यक्त गर्दै स्मृति चिन्ह प्रधान गरे ।
यसैलाई प्रधानता दिँदै समाजसेवी सुरेन प्रधानले पनि सम्पादक देवीलाल प्रधानको टीमप्रति सद्भावसहितको शुभकामना व्यक्त गर्दै आफूहरूले गोर्खा च्यारिटेवल अस्पताल चाँडै सुरु गर्ने प्रतिबद्धता प्रकट गरे ।
त्यसो त कार्यक्रमको अन्त्यमा कृति लोकार्पणको अवसरमा इशाना राई , कमला तामाङ, केसाङ लामा , विष्णुकुमार बराईली, अर्जुन प्रधान र दीप प्रधानले आ-आफ्ना रचना वाचन गरी कार्यक्रमको शोभा बढाएका थिए ।
दार्जिलिङ जर्नल सिङ्बुलीको आयोजना रहेको कार्यक्रममा केसाङ लामाको सहजीकरण रहेको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।
०००
फित्कौली डटकमको मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest







































