बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

क्या राम्रो गणतन्त्र !

मेलो केवल लूटको र गुटको हाबी भयो देशमा आए रावण घुस्न मान पदमा श्रीरामको भेषमा गर्ने दोहन देश साथ जनता अन्यायले बर्बर क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥

Nepal Telecom Spring Offer

रामशरण न्यौपाने :

आफ्ना स्रोत गुमाउने सब ठुला उद्योग पार्ने खती
गर्ने हेय सपूत यो मुलुकका मान्ने विदेशी पति
पार्ने खाडल भित्र देश जनता राख्ने पुजी तस्कर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥१

ओढे मात्र नि खास खोल दलको अन्याय माफी हुने
खल्तीभित्र छ न्याय मुर्छित जहाँ देखिन्न कोही छुने
नेता कानुन माथि केस सबमा चोखो हुने जे गर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥२

नेताका मतियार मात्र पदमा पुग्ने जहाँ जो जति
मान्छे दक्ष सुयोग्यको मुलुकमा राखिन्न लेखा रती
नेपाली जति धीर वीर सब नै लाग्छन् किनारा पर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥३

नेताको सुविधा बढाउन यहाँ बन्छन् ठुला कानुन
नेताकै परिवारले बेच्छ तनता व्यापार गर्छन् सुन
आँखा कानुनको गिराउन यिनै ताकेर हान्छन् शर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥४

मेलो केवल लूटको र गुटको हाबी भयो देशमा
आए रावण घुस्न मान पदमा श्रीरामको भेषमा
गर्ने दोहन देश साथ जनता अन्यायले बर्बर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
वृद्ध-चिन्तन- २

वृद्ध-चिन्तन- २

रामशरण न्याैपाने
वृद्ध-चिन्तन-२

वृद्ध-चिन्तन-२

रामशरण न्याैपाने
मान्छे डुबे झोलमा

मान्छे डुबे झोलमा

रामशरण न्याैपाने
भेडो बनाऊ प्रभु

भेडो बनाऊ प्रभु

रामशरण न्याैपाने
लाग्यो लिसो नै सरी

लाग्यो लिसो नै सरी

रामशरण न्याैपाने
खाओ रमाओ बस

खाओ रमाओ बस

रामशरण न्याैपाने
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने