साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या राम्रो गणतन्त्र !

मेलो केवल लूटको र गुटको हाबी भयो देशमा आए रावण घुस्न मान पदमा श्रीरामको भेषमा गर्ने दोहन देश साथ जनता अन्यायले बर्बर क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आफ्ना स्रोत गुमाउने सब ठुला उद्योग पार्ने खती
गर्ने हेय सपूत यो मुलुकका मान्ने विदेशी पति
पार्ने खाडल भित्र देश जनता राख्ने पुजी तस्कर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥१

ओढे मात्र नि खास खोल दलको अन्याय माफी हुने
खल्तीभित्र छ न्याय मुर्छित जहाँ देखिन्न कोही छुने
नेता कानुन माथि केस सबमा चोखो हुने जे गर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥२

नेताका मतियार मात्र पदमा पुग्ने जहाँ जो जति
मान्छे दक्ष सुयोग्यको मुलुकमा राखिन्न लेखा रती
नेपाली जति धीर वीर सब नै लाग्छन् किनारा पर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥३

नेताको सुविधा बढाउन यहाँ बन्छन् ठुला कानुन
नेताकै परिवारले बेच्छ तनता व्यापार गर्छन् सुन
आँखा कानुनको गिराउन यिनै ताकेर हान्छन् शर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥४

मेलो केवल लूटको र गुटको हाबी भयो देशमा
आए रावण घुस्न मान पदमा श्रीरामको भेषमा
गर्ने दोहन देश साथ जनता अन्यायले बर्बर
क्या राम्रो गणतन्त्र यो मुलुकमा राजा हुने लस्कर ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x