साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो गाउँको ठूलो मान्छे

प्रणाम ! मेरोमात्र होइन देशका सारा विद्वान वर्गको गोलाकार, वृत्ताकार, पात्राकार, अलङ्कार सबैको प्रणाम ! अझ, तपाईंलाई सम्पूर्ण हाहाकारको प्रणाम !

Nepal Telecom ad

तीर्थराज अधिकारी :

पानी पार्न नसकेर
आकाशमा धुम्म बसेको बादल जस्तो
लटाइको भरमा उड्न नभ्याएर
धरतीमा ओर्लन नसकी
रुखमा अड्किएको चङ्गा जस्तो ।
मट्याङ्ग्रा बनाउने माटोको थुप्रोको
आकार बनेको
मुख बाउनै नसक्ने
कसै बोली फुट्यो भने
तोप पड्के जस्तो पड्कने
अहङ्कारको झोला बोकी
उकालीको चौतारीमा थ्याच्च बसेर
प्रत्येक क्षणका यात्रुहरूको
दिनचर्या नियालेर हेरिरहन्छन्
हाम्रो गाउँको ठूलो मान्छे ।

अर्काको इज्जत च्याखे थाप्ने
वरपरको सबै कसिङ्गर बटुल्ने
सोझा निमुखा जनतालाई
धाक रवाफ जमाई
सर्लक्क निल्न खोज्ने
जालसाजी, चाकडी र चुक्ली
जाँड, जुवा, जारी, जाली र जासुसी
पाँचै जकारको सङ्ग्रह भएको
अखण्ड जुवाकीर्तन, अनन्त धन आर्जन
सबै कुराले परिपूणर् छन्
हाम्रो गाउँको ठूलो मान्छे ।

किताब हेरेर पढ्न जान्ने
मान्छे हेरेर बोल्न जान्ने
बाटो हेरेर हिड्न जान्ने
अवस्था हेरेर स्वाङ पार्न जान्ने
मौका हेरेर छोप्न जान्ने
हर कुरा जान्ने
हाम्रो गाउँको ठूलो मान्छे ।

प्रणाम !
मेरोमात्र होइन
देशका सारा विद्वान वर्गको
गोलाकार, वृत्ताकार, पात्राकार, अलङ्कार
सबैको प्रणाम !
अझ, तपाईंलाई
सम्पूर्ण हाहाकारको प्रणाम !
कुनै अनिष्ट नहोस्
कुनै दुर्भाग्य नआओस्
उनलाई,
आफ्नो जीवनसँगै
आफै बाँच्न पाउँ, हामी
हरतरहबाट खुसी रहुन् !
हाम्रो गाउँको टूलो मान्छे ।

०००
पोखरा १०, हाल संयुक्त राज्य अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x