साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्ति र सद्भाव

बधशालाका खसी बोका र राँगाजस्तै अरू मारिएको टुलुटुलु हेरिरहनु पर्छ र धैर्यपूर्वक आफ्नो पालो कुरिरहनु पर्छ कुट्ने, मार्ने र दबाउनेलाई सबथोक गर्न दिइरहनु पर्छ ।

Nepal Telecom ad

रामदेव पाण्डे :

कहाँ हुन्छ र शान्ति सबै उस्तै ?
सबै सद्भाव एकै नभए जस्तै
शान्ति त शवगृहमा पनि
सन्नाटापूणर् नै हुन्छ
एउटा पनि शव चुइँक्क बोल्दैन
यस्सो अलिकति पनि हल्लिँदैन
अनि सद्भाव !
पशु वधशालामा गई हेर त
त्यहाँ कति सद्भाव छ !
कुनै वधकर्ताले
एउटा खसी एक झट्कामा काट्छ
अर्कोले रेटी रेटी मार्छ
दाम्लो र डोरीमा लस्करै बाँधिएका
अरू खसीहरूले हेरिरहेका हुन्छन्
र केही नभएजसरी
ताल पारेर पाहुर लगाइरहन्छन्
घाँस चारा भए अगाडि
मजाले खाँदै गर्छन्
एकछिनपछि अर्को खसीको पालो आउँछ
वधकर्ताले डोरीमा समाएर लैजान्छ
उसै गरी र्‍याटा र्‍याटा रेट्छ अथवा
छ्याक्क घाँटी छिनाल्छ
डोरीका बाँकी खसीहरू
उसैगरी मस्त रहन्छन् र
शान्ति र सद्भाव देखाइरहन्छन्
उस्तै पारा हो
हाँस कुखुरा र राँगाको पनि
बङ्गुर अथवा खरायोको पनि
हो, यस्तै शान्ति र सद्भावको
तिव्र अपेक्षा रहन्छ
सामन्त सम्भ्रान्त र शासक वर्गलाई
कथित माथिल्लो जात र
बहुसाङ्ख्यीय धर्मवालालाई
अल्पसङ्ख्यक धर्मवाला र
दबाइँदै आएका कथित तल्लो जातवाला
विभेदमा परेका कालो रङवाला
वा मानववादी नास्तिक मान्छेले
आफ्नो अधिकार माग्नै हुन्न
समानताको कुरा उठाउनै हुन्न
कुट्नेले कुटिरहन पाउनु पर्छ
काट्नेले काटिरहन पाउनु पर्छ
शवगृहका शव जस्तै
मुख खोल्नु हुँदैन
चुइँक्क बोल्नु हुँदैन
बधशालाका खसी बोका र राँगाजस्तै
अरू मारिएको टुलुटुलु हेरिरहनु पर्छ
र धैर्यपूर्वक आफ्नो पालो कुरिरहनु पर्छ
कुट्ने, मार्ने र दबाउनेलाई
सबथोक गर्न दिइरहनु पर्छ
धर्म शान्ति र सद्भावको
दिव्य ज्ञान लिइरहनु पर्छ
नत्र सद्भाव बिथोलिन्छ
समाजको शान्ति भङ्ग हुन्छ
मिलेर बसेको समाजमा
घोर अराजकता फैलिन्छ
शासक र शोषकको
निद्रा बिथोलिन्छ
समाज अशान्त हुन्छ
शान्ति भङ्ग हुन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x