बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

पाँच ठोक्तक

छिमेकी छन् चन्द्र विजयी, आणविक शक्ति सम्पन्न हामी भयौँ आशामुखी, सर्वाधिक विपन्न छिचोलेर हिमालय, दुवै जोडिए मने ? खसाल्देलान् कि कचौरामा अलिक-अलिक अन्न ।

Nepal Telecom Spring Offer

नवराज कार्की :

१.
मलाई यो कविताले, न खान दिन्छे , न लाउन दिन्छे
न त मलाई कहिल्यै, शान्तिसँग, निदाउन दिन्छे
सधै आउँछे र भन्छे मलाई – “उठ् खुरुक्क लेख्”
दायाँ बायाँ कहाँ मलाई फिटिक्कै चियाउन दिन्छे ।

२.
आखिर सहमतिमै सबै काम फत्ते भएछ
उसको पाप, भ्रष्टाचार र अपराध फच्चे भएछ
जति खलबल गरे पनि, जति छलफल गरे पनि
आखिर “भागशान्ति जय नेपाल” नै सत्य रहेछ ।

३.
म त परदेशमा छु, म त, नेपाललाई माया गर्छु
हो म, दुश्मनलाई घृणा गर्छु, म त, नेपाललाई माया गर्छु

तिमी त, नेपालमै छौ, के तिमी दुश्मनलाई माया गर्छौ ?
ए, त्यसो भए तिमी उसैलाई माया गर म त, नेपाललाई माया गर्छु ।

४.
छिमेकी छन् चन्द्र विजयी, आणविक शक्ति सम्पन्न
हामी भयौँ आशामुखी, सर्वाधिक विपन्न
छिचोलेर हिमालय, दुवै जोडिए मने ?
खसाल्देलान् कि कचौरामा अलिक-अलिक अन्न ।

५.
यिनले बनाएर बन्ने भए देश उहिल्यै बन्थ्यो
तिनका अगाडि मेरो देश कहिल्यै सानो हुन्थ्यो ?
हेर्दाहेर्दै छिमेकीहरू कहाँ पुगिसके
मलाई पनि मेरो देश, त्यस्तै हेर्न मन थ्यो ।

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
दाह्री

दाह्री

नवराज कार्की
मुस्किल छ !

मुस्किल छ !

नवराज कार्की
भगवानभन्दा जान्ने

भगवानभन्दा जान्ने

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
बेलाको बोली- ५०

बेलाको बोली- ५०

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
चार ठोक्तक

चार ठोक्तक

बाबुराम पाेखरेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली