साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

छिमेकी छन् चन्द्र विजयी, आणविक शक्ति सम्पन्न हामी भयौँ आशामुखी, सर्वाधिक विपन्न छिचोलेर हिमालय, दुवै जोडिए मने ? खसाल्देलान् कि कचौरामा अलिक-अलिक अन्न ।

Nepal Telecom ad

नवराज कार्की :

१.
मलाई यो कविताले, न खान दिन्छे , न लाउन दिन्छे
न त मलाई कहिल्यै, शान्तिसँग, निदाउन दिन्छे
सधै आउँछे र भन्छे मलाई – “उठ् खुरुक्क लेख्”
दायाँ बायाँ कहाँ मलाई फिटिक्कै चियाउन दिन्छे ।

२.
आखिर सहमतिमै सबै काम फत्ते भएछ
उसको पाप, भ्रष्टाचार र अपराध फच्चे भएछ
जति खलबल गरे पनि, जति छलफल गरे पनि
आखिर “भागशान्ति जय नेपाल” नै सत्य रहेछ ।

३.
म त परदेशमा छु, म त, नेपाललाई माया गर्छु
हो म, दुश्मनलाई घृणा गर्छु, म त, नेपाललाई माया गर्छु

तिमी त, नेपालमै छौ, के तिमी दुश्मनलाई माया गर्छौ ?
ए, त्यसो भए तिमी उसैलाई माया गर म त, नेपाललाई माया गर्छु ।

४.
छिमेकी छन् चन्द्र विजयी, आणविक शक्ति सम्पन्न
हामी भयौँ आशामुखी, सर्वाधिक विपन्न
छिचोलेर हिमालय, दुवै जोडिए मने ?
खसाल्देलान् कि कचौरामा अलिक-अलिक अन्न ।

५.
यिनले बनाएर बन्ने भए देश उहिल्यै बन्थ्यो
तिनका अगाडि मेरो देश कहिल्यै सानो हुन्थ्यो ?
हेर्दाहेर्दै छिमेकीहरू कहाँ पुगिसके
मलाई पनि मेरो देश, त्यस्तै हेर्न मन थ्यो ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढ गरेर भो ?

डाढ गरेर भो ?

नवराज कार्की
तीन ठोक्तक

तीन ठोक्तक

नवराज कार्की
इत्रुको मान्छे

इत्रुको मान्छे

नवराज कार्की
दिलको मामिलामा

दिलको मामिलामा

नवराज कार्की
म्वाइँ

म्वाइँ

नवराज कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x