साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री बन्ने रहर

साइरन बजाउँदै कुद्न पाइने अगौटे पछौटे लगाउन पाइने तातो चिसो जे ग्रहण गरे भो मलाई नि मन्त्री बन्ने रहर भो

Nepal Telecom ad

भोलानाथ सुवेदी :

यी फुटपाथमा हिँडेका मान्छे के हेर्नू
रोगले थलिएका मान्छे के हेर्नू
कोही पातो खुस्केका
कोही हातो खुस्केका
थला परेर घिसार्नु पर्नेहरू
बल गरेर घचेट्नु पर्नेहरू
यी सबैलाई हेर्नुभन्दा
एसी पजेरोमा चढ्ने रहर भो
मलाई नि मन्त्री बन्ने रहर भो
साइरन बजाउँदै कुद्न पाइने
अगौटे पछौटे लगाउन पाइने
तातो चिसो जे ग्रहण गरे भो
मलाई नि मन्त्री बन्ने रहर भो
तारे होटलमा तरिन मिल्ने
लन्च डिनरमा दरिन मिल्ने
आँखा राता पारेर हिँडे भो
जहाँ मन लागे नि छिरे भो
मोजमस्तीमा रम्न पाइने
उपचार सेवा सबै चाहिने
खर्चको भार जसलाई परे भो
मलाई नि मन्त्री बन्ने रहर भो ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x