साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्छ ? …दिउँ… ?….लिनुहुन्छ ?

बस रेल, मोटरस्ट्याण्ड मात्र किन अचेल हवाजहाजभित्र पनि हकर देखिन्छन् । तर जम्मै भीआइपी हकर । एयरहोस्टेजले पनि मनै लोभ्याउने बोलेर आफ्नो कम्पनीको उत्पादन विक्री गर्ने गर्दछन् ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

कतै जाँदा बसमा, रेलमा यात्रा गर्नुहोस् । बस्…बस्ने बित्तिकै फ्लाइङ हकरहरूले दिक्क लगाएका कुरा हामी सबैले भोगेका छौँ । बसभित्र खुट्टा टेक्ने ठाउँ छैन, रेलको डिब्बा अक्सिजन तुरिएला तुरिएला हुँदैछ । वा तपाईंलाई बस वा रेलको डिब्बाभित्र निद्राले साह्रो पारिसक्यो । बस वा रेलको डिब्बाभित्र यात्रीहरू कसरी कुन प्रकारले यात्रा गरिरहेका छन् त्यसबारे यी फ्लाइङ हकरलाई कुनै मतलबै हुँदैन । जस्तै घुइँचो होस्,फुत्त एकजना फ्लाइङ हकर चढी कानको जाली फुट्ने गरी कराउँन थाल्छन् – चाहिन्छ ? …दिउँ… ?….लिनुहुन्छ ?

फेरि अर्को आवाज – चना…चटपटे । निँद्रा भगाउने क्यापसुल ।

बस, रेलको डिब्बा आफ्नो सामान बिक्री गराउन किसिम डायलग हाँकेर नकिन्नेलाई पनि किनूँ किनूँ लाग्ने, नखानेलाई पनि खाउँ खाउँ लाग्ने बनाइ छोड़्ने कला यिनै फ्लाइङ हकरसित मात्र हुन्छ भन्ने मेरो धारणा छ । यो पनि एक प्रकारको एडभर्टाइजमेण्ट, प्रोपोगाण्डा नै हो । एकजना हकर रेलको डिब्बाभित्र चढे । उनी पापड बिक्री गर्न आएका रहेछन् । सामान्य उमेर ढल्केको । उनको सामानको गुणगान यस्तो सुनियो -यो पापड खाएर कतिजना मरिसकेका छन् । तीस वर्षदेखि यो लाइनमा पापड तपाईहरूलाई दिएर सेवा गरिरहेछु । मेरो निजा हातले तयार पारेको पापड एक प्याकेट किनिदिनुहोस् । मेरो परिवारको भलो हुन्छ ।

हकरहरूको बोलीमा अचम्भ अचम्भको शब्द प्रहार गएको हुन्छ । कति चाहिँ विभिन्न अङ्ग भङ्गी गरेर गीत गाएर आफ्नो सामानको विज्ञापन गर्छन् । कति चाहिँ मक्ख परेर सामान नकिनी धर पाउँदैनन् ।

एकजना हकर रेलको डिब्बाभित्र चढ़्ने बितिकै यसरी धम्की दिएको पनि पाइयो मार्छु….मार्छु… । यो मान्छेको कुरा सुनेर रेल यात्रा गरिरहेका कुन यात्री नडराउलान् । धम्की दिइ सकेपछि अन्तमा नम्र स्वरमा- मुसा मार्छु । घरमा चोर पसोस्…मतलब छैन । डाका पसोस् मतलब छैन । तर मूसा नपसोस् । एउटा मुसाले तपाईको लुगाफाटा धुजैधुजा पार्छ । यसैले मूसादेखि यो मूसा मार्ने प्याकेट लानोस् ।

बीस वर्ष जतिका एकजना सोझा-सिधा युवा हकर सिन्केधूपको प्याकेट हातभरि लिएर मिठो स्वरमा यसरी आफ्नो सामानको विज्ञापन गर्छन् – रेसपेक्टेड सर म्याडम…पिर्यजनलाई सिन्केधूप दिनुहोस् । सम्परक् एकदिन रहँदैन । यसको सुगन्ध रहिरहन्छ । मैले नै तयार पारेको सिन्केघधूप किनिदिएर मेरो कलेज जीवन उद्धार गरिदिनुहोस् । एक प्याकेट सिन्के धूपको गन्ध तपाईको घरमा रुमलिएपछि तपाईको ईश्वर प्रसन्न हुनेछन् । यो एक प्याकेट धूपमै मेरो कलेजको फिज बाँचेको छ ।

मधेसतिर बेरोजगार युवाहरूले यसरी नै आय गरेर घर परिवार पाल्ने गर्दछन् । हाम्रो टोय ट्रेनमा, हाम्रो बस, बजारतिर पनि हाम्रा बेरोजगार युवाहरूले मधेसका यी हकरहरू जस्तै नै लाज सरम पचाएर यस्ता सामानहरू बिक्री गरिदिए आफनो घर संसार पनि चल्ने अनि हाम्रो ठाउँतिर अरुहरूले ढलिमली गर्ने मौका पाउने थिएनन् । तर हामीलाई यसरी बजाप बिचम हकर भइदिनु लाज लाग्छ । सात हजारका स्प्याक्स लाउने हाम्रा भीआइपी युवाहरूलाई हकरगिरी गरेर आफ्नो खर्च सङ्ग्रह गर्नु किन पर्‍यो । बाउको होटेल छँदैछ नि ।

एकदिन काम विशेषले दार्जिलिङ गएकी थिएँ । मोटर स्ट्याण्डमा गाडीमा बसिरहेकी थिएँ । प्यासेञ्जर भरिएको थिएन । त्यहाँ हाम्रो यतातिरका वा मधेसबाट गएका स-साना नानीहरूले तिनमा युवाहरू पनि देखेँ, तित्यौरा, चना चटपटे, बदाम आदि आफनो छातीमा झुण्डाएर बेचेको देखेँ । तर हाम्राहरूले यसरी बेचेका मैले देखिनँ । सोचेँ हाम्रो पहाडका जम्मै युवाहरू कति सक्षम रहेछन् । उनीहरूलाई पैसाको कुनै खाँचो छैन रहेछ भन्ने सोच्दै खुसी भएँ ।

रेलको डिब्बाभित्र एकजना हकरले बसेका प्रत्येक यात्रीहरूको जीउमा परफ्यूम छर्दै गए । परफ्युम सुगन्ध नमिठो थिएऩ । त्यसपछि उनको लामो भाषण । एक मिलिकमै सम्पूणर् परफ्यूम शेष । रेलको डिब्बाभित्र हकरहरूले बोलीकै बलमा आफ्नो सामान बिक्री गरेका देख्दा यस्तो लाग्यो यो ट्रेनलाई पहाड़मा लगी हाम्रै बेरोजगार युवाहरूलाई हिल हकर बनाइ छोड़्थिएँ । तर मेरो वश के चल्थ्यो र ? तर हाम्रा बेरोजगार युवाहरूलाई यस्तो हकर भइदिनु कहाँ मनपर्छ र ?

बस रेल, मोटरस्ट्याण्ड मात्र किन अचेल हवाजहाजभित्र पनि हकर देखिन्छन् । तर जम्मै भीआइपी हकर । एयरहोस्टेजले पनि मनै लोभ्याउने बोलेर आफ्नो कम्पनीको उत्पादन विक्री गर्ने गर्दछन् । हामीले पनि हाम्रो गाउँ घरमा विभिन्न सामानहरू ल्याइ घर-घरमा बिक्री गर्न सक्दैनौ र ? रामलखन भैया, अखिलेश चाचा, दास मामा, अख्तार चाचाहरू आएर गाउँमा किसिम सामग्री बिक्री गरेर दोबर तेबर पैसा लाँदा हामीले सामान्य नाफा राखेर सामान हकर भइदिँदा हुन्न र ? हाम्रो गाउँमा अरुलाई व्यापार गर्नु किन कुन कारणले दिनु ? हाम्रा युवाहरू सक्षम छन् । यो सक्षमतालाई काममा लगाउनु नितान्तै इम्पोर्टेण्ट छ ।

यसैले अब तपाई हामी युवाहरूले आफ्नै गाउँमा हकर भइदिनुपर्छ । एक दुइ दिन लाज लाग्ला हो । पछि पछि त्यो लाज आफै हराएर जान्छ र हाम्रो बेरोजगार युवाहरू आफ्नै खुट्टामा उभिन सक्षम हुनेछन् । तर भन्नु र गर्नुमा आकाश पातालको फरक देखिन्छ ।

०००
खोलाचन्द फाप्री, सिलगडी भारत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x