साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेल्फी ! सेल्फी ! !

सेल्फी फ्रेमभित्र गाडीका लस्करहरू किन देखिएनन् ? हजुर राज हुने दरबारहरू देखिएनन् ? हजुरको मधुर मुस्कान त देखियो, तर,हजुरका दुःखले आर्जेका कमिसनका पहाडहरू पनि देखिएनन् ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा  :

सेल्फी खिच्नु भयो,
खुब रमाउनु भयो,
पौरख गर्नु भयो,
कीर्ति राख्नु भयो !

कस्तो लाग्यो हजुर,
सेल्फीमा देखिने आफ्नै अनुहार ?
पहिले कस्तो हुनुहुन्थ्यो ?
अहिले कस्तो हुनुभएछ ?
शरीरमा बोसो कत्तिको लागेछ ?
भुँडी कत्रो भएछ ?
पहिले त सिकुटे दाउरे हुनु हुन्थ्यो !

सेल्फी त दामी आएछ,
कायापलटै भएछ !
झोल्लिएका गाला तन्किएछन्,
सुकेका ओठ राता भएछन्,
कपालमा कालो दल्नु भएछ,
रुपरङ्ग पुरै बदलिएछ,
चिल्लो हुनु भएछ !
टोपी र दौरा सुरुवाल लगाउँदा,
ठ्याक्कै राजाको बाँन्की आएछ !

सेल्फी उधुम राम्रो लाग्यो!
तर अचम्म ?
सेल्फी फ्रेमभित्र
गाडीका लस्करहरू किन देखिएनन् ?
हजुर राज हुने दरबारहरू देखिएनन् ?
हजुरको मधुर मुस्कान त देखियो,
तर, हजुरका दुःखले आर्जेका
कमिसनका पहाडहरू पनि देखिएनन् ?

जे होस्,
हजुरको चिल्लो व्यक्तित्व,
हजुरका आसेपासेहरूको भिड,
हजुरको मधुर मुस्कान
सेल्फी दामी लाग्यो !

०००
गोरखा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x