प्रेम ओली ढकलपुरेभन जनताको देश कहाँ छ ?
बेइमान, डाँकाहरू देश छ भन जनताको देश कहाँ छ ? यहाँ फटाह राजनिज्ञहरू देश छ झोलेहरूको देश छ सज्जन कर्मठहरू देश कहाँ छ ?

प्रेम ओली ‘ढकलपुरे’ :
यहाँ त तस्करको देश छ
झुट, छल, नौटङ्कीको देश छ
भन जनताको देश कहाँ छ ?
यदि जनताको देश हुन्थ्यो भने
विमानस्थलबाट रुँदै रुँदै छोरो जान्थ्यो ?
बाआमालाई छोडेर रुँदै छोरी जान्थी ?
किन कि यहाँ भ्रष्टहरू देश छ
कमिसनखोरहरूको देश छ
भन जनताको देश कहाँ छ ?
जनतालाई एउटा
लाइसेन्स लिन वर्षौं लाग्छ
काम गरेन भने
न भात पाक्छ न दाल पाक्छ
तर भ्रष्टहरूको घरमा
दिनहूँ मासु पाक्छ
जनतालाई यो देश
किन विरानो लाग्छ ?
यहाँ देश चोरहरूकाे देश छ
बेइमान, डाँकाहरूकाे देश छ
भन जनताको देश कहाँ छ ?
यहाँ फटाह राजनीतिज्ञहरूकाे देश छ
झोलेहरूको देश छ
सज्जन कर्मठहरूकाे देश कहाँ छ ?
त्यसैले सपना देख्नेहरू
आफ्नो देश खोज्न उडिरहेका छन्
नागरिकता बदल्दै उतै भुलिरहेका छन् ।
०००
घट्टेकुलो, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest







































