साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार बसाइँ हिँड्यो

बारी बाँझै खेत बाँझै कुर्सीमा छ आसन विदेशबाट आउँछ बिहानबेलुकाको रासन । नेपालको स्रोत साधन विनाश गरि सक्ने विदेशबाट ल्याउन भने किन कम्मर कस्ने ॥

Nepal Telecom ad

भोलानाथ सुवेदी :

सरकार गयो विदेशमा राँगा भैंसी किन्न
कर्मचारी सडकमा छैन बाटो हिड्न ।
मँहगीले चुलो निभ्यो खाली पेट भयो
यो देशमा सरकार छ कि बसाइँ सरी हिँड्यो ॥

महिनैपिच्छे मन्त्री हुन तयार छन् कति
जनताहरू भन्न थाले संघीयता खराबी ।
घरैपिच्छे मन्त्री हुन आउँछ क्यारे पालो
दौरासुरुवाल सिलाउँदा हुन्छ होला भलो ॥

बारी बाँझै खेत बाँझै कुर्सीमा छ आसन
विदेशबाट आउँछ बिहानबेलुकाको रासन ।
नेपालको स्रोत साधन विनाश गरि सक्ने
विदेशबाट ल्याउन भने किन कम्मर कस्ने ॥

राम्रो थिति पहिलेदेखि पुर्खाले यहाँ ल्याए
स्वर्ग जस्तो देश अहिले लथालिङ्ग बनाए ।
कसले थाम्छ कसले हाक्छ यो देशको मियो
यो देशमा सरकार छ कि बसाइँ सरी हिँड्यो ॥

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x