साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु- ३

अरूका पसिना चुस्ने नीति हुनेछ देशको सक्नेले फाइदा लिन्छन् बिग्रँदो परिवेशको । जोजो छन् पाखुरा चाल्ने तिनै मारिनु पर्दछ माखेसाङ्लाहरू बुन्ने मोटा पारिनु पर्दछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

चर्ने मौकाहरू आए खेर फाल्न म जान्दिनँ
कुर्सी चढ्न सिकेँ मैले सिकेको छैन ओर्लिन ।२१ ।

खेती गर्न नजानेर राजनीति समाइयो
आज खेती गरौँ भन्दै सोझासिधा भुल्याइयो ।२२ ।

फस्टायो झुटको खेती असाध्य फलिफाप भो
अस्तायो सत्यको घाम खाँडो जाग्दैछ पापको ।२३ ।

कोखाकोखा भनी आफै हाम्म गरेर पन्पिने
रमाइलो यही बाटो लाग्यो भविष्य चम्किने ।२४ ।

गणतन्त्र बनाएको देश पार्न गनाउँने
बन्दैछु पहिलो मान्छे गन्धभित्र रमाउने ।२५ ।

यही बाटो सबैभन्दा राम्रो जस्तो अचेल देख्दछु
सत्य बाटो हिँडे जोजो काँडा छरेर छेक्दछु ।२६ ।

अलपत्र बनाएर भेउ केही नपाउने
गणतन्त्रे कुरा गर्छु देशबासी भुल्याउने ।२७ ।

दायाँबायाँ नजानेका मान्छे मार्दछु भोकले
लोकतन्त्र भनेको नै काल हो सम्झ लोकले ।२८।

अरूका पसिना चुस्ने नीति हुनेछ देशको
सक्नेले फाइदा लिन्छन् बिग्रँदो परिवेशको ।२९।

जोजो छन् पाखुरा चाल्ने तिनै मारिनु पर्दछ
माखेसाङ्लाहरू बुन्ने मोटा पारिनु पर्दछ ।३०।

क्रमशः

०००
ओखलढुङ्गा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x