सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोबाइल महिमा

चिन्ता कसैमा यसैले थप्यो कसैको चिन्ता यसैले लग्यो न राख्नु न फ्याक्नु मलाई बनायो यो मोबाइल कसले बनायो ?

Nepal Telecom ad

भोलानाथ सुवेदी :

गोजीमा लुकेर बसेको साथी
पैसा पाएमात्र बोल्ने जाती
कसले बनायो यस्तो यन्त्र
सबै मस्त सबै अभ्यस्त

कानमा पुगी हातमा झर्ने
साथ हिँड्न औधी गर्ने
बेलाबेला यसले खान खोज्छ
धेरैबेर चलाए अनेक गर्छ

सुरुवाल यसैले तलतल सार्छ
कहिले त यसले लाजमर्दो पार्छ
अनेक कम्पनीको अनेक जात
भेटेपछि कहिले छोड्दै हात

हजार भन्दा तलको नि पाइने
लाखभन्दा माथिको नि चाहिने
टिकटक बनाएर फिट हुने
रुवाउँदै हसाउँदै हिट हुने

आँखाको ज्योति लान्छु भन्छ
कुलतको लतमा पार्छु भन्छ
मान्छेले छाक कति छोड्छन्
यौटा मोबाइल अवस्य जोड्छन्

अनुहार हेरी गफ गर्न मिल्ने
अनेक अनेक बाहाना फुर्ने
तरकारी र भात कतिका डढे
दुर्घटनामा परि कति जना मरे

चिन्ता कसैमा यसैले थप्यो
कसैको चिन्ता यसैले लग्यो
न राख्नु न फ्याक्नु मलाई बनायो
यो मोबाइल कसले बनायो ?

०००
(९८४३०५४१६१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
फुर्लुङ

फुर्लुङ

भोलानाथ सुबेदी
किन खोइरो

किन खोइरो

भोलानाथ सुबेदी
अध्यक्ष

अध्यक्ष

भोलानाथ सुबेदी
नयाँ भनेको के ?

नयाँ भनेको के ?

भोलानाथ सुबेदी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी