साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल महिमा

चिन्ता कसैमा यसैले थप्यो कसैको चिन्ता यसैले लग्यो न राख्नु न फ्याक्नु मलाई बनायो यो मोबाइल कसले बनायो ?

Nepal Telecom ad

भोलानाथ सुवेदी :

गोजीमा लुकेर बसेको साथी
पैसा पाएमात्र बोल्ने जाती
कसले बनायो यस्तो यन्त्र
सबै मस्त सबै अभ्यस्त

कानमा पुगी हातमा झर्ने
साथ हिँड्न औधी गर्ने
बेलाबेला यसले खान खोज्छ
धेरैबेर चलाए अनेक गर्छ

सुरुवाल यसैले तलतल सार्छ
कहिले त यसले लाजमर्दो पार्छ
अनेक कम्पनीको अनेक जात
भेटेपछि कहिले छोड्दै हात

हजार भन्दा तलको नि पाइने
लाखभन्दा माथिको नि चाहिने
टिकटक बनाएर फिट हुने
रुवाउँदै हसाउँदै हिट हुने

आँखाको ज्योति लान्छु भन्छ
कुलतको लतमा पार्छु भन्छ
मान्छेले छाक कति छोड्छन्
यौटा मोबाइल अवस्य जोड्छन्

अनुहार हेरी गफ गर्न मिल्ने
अनेक अनेक बाहाना फुर्ने
तरकारी र भात कतिका डढे
दुर्घटनामा परि कति जना मरे

चिन्ता कसैमा यसैले थप्यो
कसैको चिन्ता यसैले लग्यो
न राख्नु न फ्याक्नु मलाई बनायो
यो मोबाइल कसले बनायो ?

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x