डिल्लीप्रसाद मूलतिहुनधरोधर्म गर्छु (४)
फोहोरमा पसेँ निस्कें ओभानोछु भनीभनी छिछी भन्छन् सबै मान्छे सफा ठान्दैछु तैपनि । यिनै कुरा धरोधर्म खोज्छु गर्न गराउन मलाई भोट हालेर पर्दैन पछुताउन ।

डिल्लीप्रसाद मूलतिहुन :
हामी अल्छीहरूले हो चिल्ला कार कुदाउने
श्रम गर्नेहरूले हो गाँसबास नपाउने (३१)
कोदालो र हलो गर्छन् जोजो बारी र खेतमा
अन्नपानी तिनैले नै पार्न मिल्दैन पेटमा (३२)
ओसारेर भकारीमा ठूलाको मात्र हाल्नुछ
काम मात्रै लगाएर साना थला बसाल्नुछ (३३)
पैसाको डसनामाथि ठूला सक्छन् रमाउन
ठूलाले मात्र पर्ने हो अर्बौंसम्म कमाउन (३४)
निर्धालाई चिसोमाथी म खोज्नेछु सुताउन
यसो गर्दै अझै धेरै इच्छा छ धाकलाउन (३५)
केके बोल्छु कता बोल्छु बेटुङ्गाको छ यो मन
राम्रा सोच्नेहरू लाग्छन् मेरा कट्टर दुश्मन (३६)
ढुङ्गाभन्दा अझै साह्रो हुन्छ आत्मा कुनैदिन
त्योबेला मास्छु यो बस्ती सभ्य समाज हेर्दिन (३७)
राम्रो काम गरेँ भन्दै इच्छा लाग्दछ उफ्रन
देख्दा सुन्दा मजा लाग्छ पीडा चीत्कार रोदन (३८)
फोहोरमा पसेँ निस्कें ओभानोछु भनीभनी
छिछी भन्छन् सबै मान्छे सफा ठान्दैछु तैपनि (३९)
यिनै कुरा धरोधर्म खोज्छु गर्न गराउन
मलाई भोट हालेर पर्दैन पछुताउन (४०)
क्रमशः
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































