साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (५)

विनम्र बनियो जिब्रो अमूल्य भोट पाउन मिलाएर जुट्यो ओठ सोझाको गीत गाउन । राम्रा गीत सुनाएर सोझा पारिन्छ जालमा इच्छा पूर्ण हुनासाथ बस्न पुग्नुछ खालमा ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

धरोधर्म धरोधर्म गर्छु अनेक गर्दछु
सबैले गफ पत्याए नेता पक्का ठहर्दछु (४१)

धर्म गर्नेहरूलाई पाप गर्न लगाउँछु
अधर्मी साथ लाएर धर्मको गीत गाउँछु (४२)

कुर्सीको भोक लाग्दा म धर्म भन्दै कराउँला
पाएमा पदको स्वाद उल्टो कर्म गराउँला (४३)

रित्तो देखेँ भनेदेखि भनौँला भर्न आउँछु
भकारी भरिलो देखे खुसुक्क चर्न आउँछु (४४)

भोट माग्दा दशै औंला सोझा पारेर आउँछु
जित्नासाथ यिनै औँला बङ्ग्याएर अघाउँछु (४५)

चुनावमा दुखी देख्छु चित्त दुखेर आउँछ
तिनकै मत पाएमा पीडा मेरो हराउँछ (४६)

चर्चा चुनावको चल्दा आँखा मेरो रसाउँछ
तुरुन्तै ओठले मेरा योजना बक्बकाउँछ (४७)

सबैका घरमा पुग्छु आँसु तप्प खसाउँछु
ओठ, जिब्रो र आँखाले सोझासिधा फसाउँछ (४८)

विनम्र बनियो जिब्रो अमूल्य भोट पाउन
मिलाएर जुट्यो ओठ सोझाको गीत गाउन (४९)

राम्रा गीत सुनाएर सोझा पारिन्छ जालमा
इच्छा पूर्ण हुनासाथ बस्न पुग्नुछ खालमा (५०)

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x