साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाउजूको हात

माया र ममताको बत्ती बाल्ने भाउजूको हात । संस्कार र सभ्यताको ज्योति छर्ने भाउजूको हात । सबै पाहुनाहरूको पेटभित्र पस्ने भाउजूको हात बहुप्रतिभाशाली भाउजूको हातलाई हामी सबैको सलाम छ ।

Nepal Telecom ad

गायत्री परिरोशनी :

मेशिन भन्दा बलियो
मझुवा खेत भन्दा फलिलो
मलखातो भन्दा मलिलो
अचम्मको छ, भाउजूको हात ॥

चौबिसै घण्टा चल्छ, थाक्दै—थाक्दैन
कामै कामसँग लर्छ, भाग्दै—भाग्दैन ।
भान्छा कोठाभित्रको सबैथोक
भाउजूको हात हो ।
ग्याँस चुलो, दाउरा, कोइला, गुइँठा
सबैथोक बाल्ने भाउजूको हात
लिपपोत गरी, चिरीच्याट्ट पार्ने
फोहोरका डङ्गुर सबै फाल्ने
निकै राम्रा छन् भाउजूका हात ॥

कुचो, चम्चा, थुर्मी, डाडु, पन्यू, सिलौटो
हसिया, कोदाली, खुर्पेटो मात्र होइन
आवश्यकता अनुसारका औजार
कालो, हरियो र रातो कलम
अत्याधुनिक हतियारका फलाम
सबै—सबै चलाउँछ, भाउजूको हातले ।
हरेक दिन भट्टीमा डुल्ने
डुकुलट्ठक दाइहरूमा
एकाएक जाँगर पलाउँछ, भाउजूको साथले ॥

सबैलाई चकित पार्ने,
जादुगरी छ, भाउजूको हात
सबैलाई मनपर्ने
चौरासी व्यञ्जन पकाउन सक्छ ।
निकै रिसाहाहरूलाई समेत
सजिलै फकाउन सक्छ ।
माया र ममताको बत्ती बाल्ने
भाउजूको हात ।
संस्कार र सभ्यताको ज्योति छर्ने
भाउजूको हात ।
सबै पाहुनाहरूको पेटभित्र पस्ने
भाउजूको हात
बहुप्रतिभाशाली भाउजूको हातलाई
हामी सबैको सलाम छ ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x