साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्गम कहिल्यै दुखेन !

भोकमरी र अनिकाल पर्दा दुख्दैन विभिन्न कारणले मान्छे अकालमा मर्दा दुख्दैन । अँ— हँ जुनसुकै वाद र जुनसुकै तन्त्रका जे—जे आए पनि दुर्गममा सधैँभरी विकास मरिरहन्छ सुगमका हुकुमबासीको कहिल्यै केही दुख्दैन ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

हामी सुगमका सुकुमबासीहरूलाई
पेट गिलो हुँदा दुख्छ
टाउको साह्रो हुँदा दुख्छ ।
हिँड्दा एउटा खुट्टा अघि हुँदा दुख्छ
अर्को खुट्टा पछि हुँदा दुख्छ ॥
पुरुषलाई सुत्केरी व्यथा लागेर दुख्छ
चोर कमिलाले टोक्दा दुख्छ ।
ज्यानमारालाई जेलमा ठोक्दा दुख्छ ।
आफ्नो कुकुरले गिलो हग्दा दुख्छ
आफ्नो कुकुरले साह्रो हगे पनि दुख्छ ॥

तर,
दुर्गममा सडक दुर्घटना हुँदा दुख्दैन
झाडापखलाले मान्छे मर्दा दुख्दैन ।
पहिरोले पुरै गाउँ पुर्दा दुख्दैन ।
भूकम्पले सबै घर भत्काउँदा दुख्दैन
सुत्केरी व्यथाले आमा र बच्चा मर्दा दुख्दैन ॥
भोकमरी र अनिकाल पर्दा दुख्दैन
विभिन्न कारणले मान्छे अकालमा मर्दा दुख्दैन ।
अँ— हँ जुनसुकै वाद र जुनसुकै तन्त्रका
जे—जे आए पनि
दुर्गममा सधैँभरी विकास मरिरहन्छ
सुगमका हुकुमबासीको कहिल्यै केही दुख्दैन ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x