बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

बोकाको दाइँ

आफ्नो ऊर्जा र शिल्पी अनुपम अहिले छैन आफ्नो धरामा दिन्छन् आएर धक्का गुरु प्रवर बनी ती विदेशी गरामा भ्रष्टाचारी र घाती खल र असुरका पुर्पुरा छन् बलेको बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

थोरै मान्छे यहाँका धन अकुत लुटी गर्दछन् टाइँफाइँ
पार्छन् सारा उछित्तो धन जमिन सबै गर्दछन् राइँदाइँ
बाँझो देखिन्छ धर्ती अनुपम मलिलो छैन केही फलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥१

लाखौँ सन्तान आफ्ना पर मुलुक पुगे गाँस औ बास खोजी
थोरै छन् हन्तकाली धनपति रहने क्रूर सामन्त मोजी
देखिन्छन् काम सारा लटरपटर नै गर्न ज्यादा छलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥२

पुर्खाको सान मानै सब गलित भयो छैन बाँकी रहेको
देखिन्छन् स्रोत सारा अपव्यय बहुतै नीर जस्तै बहेको
नेपालीले रचेको सुखमय सपना छन् सबै नै जलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥३

बेचिन्छन् मर्द छोरा झुटमुट गुटका दास बन्छन् हजार
केय्यौँ निर्यात हुन्छन् चिजबिज जसरी ती विदेशी बजार
लागेको बाढ जस्तै कति कति झुपडी छन् दशाले ढलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥४

आफ्नो ऊर्जा र शिल्पी अनुपम अहिले छैन आफ्नो धरामा
दिन्छन् आएर धक्का गुरु प्रवर बनी ती विदेशी गरामा
भ्रष्टाचारी र घाती खल र असुरका पुर्पुरा छन् बलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा वृद्ध

हाम्रा वृद्ध

रामशरण न्याैपाने
आमाको सम्झनामा

आमाको सम्झनामा

रामशरण न्याैपाने
बुढापाकाको मन

बुढापाकाको मन

रामशरण न्याैपाने
वृद्ध-चिन्तन- ३ : झुल्दैन छोरा अब

वृद्ध-चिन्तन- ३ : झुल्दैन...

रामशरण न्याैपाने
भो हन्तकाली नखा

भो हन्तकाली नखा

रामशरण न्याैपाने
अभिभावकको चिन्ता

अभिभावकको चिन्ता

रामशरण न्याैपाने
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी