साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोकाको दाइँ

आफ्नो ऊर्जा र शिल्पी अनुपम अहिले छैन आफ्नो धरामा दिन्छन् आएर धक्का गुरु प्रवर बनी ती विदेशी गरामा भ्रष्टाचारी र घाती खल र असुरका पुर्पुरा छन् बलेको बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

थोरै मान्छे यहाँका धन अकुत लुटी गर्दछन् टाइँफाइँ
पार्छन् सारा उछित्तो धन जमिन सबै गर्दछन् राइँदाइँ
बाँझो देखिन्छ धर्ती अनुपम मलिलो छैन केही फलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥१

लाखौँ सन्तान आफ्ना पर मुलुक पुगे गाँस औ बास खोजी
थोरै छन् हन्तकाली धनपति रहने क्रूर सामन्त मोजी
देखिन्छन् काम सारा लटरपटर नै गर्न ज्यादा छलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥२

पुर्खाको सान मानै सब गलित भयो छैन बाँकी रहेको
देखिन्छन् स्रोत सारा अपव्यय बहुतै नीर जस्तै बहेको
नेपालीले रचेको सुखमय सपना छन् सबै नै जलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥३

बेचिन्छन् मर्द छोरा झुटमुट गुटका दास बन्छन् हजार
केय्यौँ निर्यात हुन्छन् चिजबिज जसरी ती विदेशी बजार
लागेको बाढ जस्तै कति कति झुपडी छन् दशाले ढलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥४

आफ्नो ऊर्जा र शिल्पी अनुपम अहिले छैन आफ्नो धरामा
दिन्छन् आएर धक्का गुरु प्रवर बनी ती विदेशी गरामा
भ्रष्टाचारी र घाती खल र असुरका पुर्पुरा छन् बलेको
बोकाको दाइँ जस्तो अलमल छ यहाँ छैन मेलो चलेको॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x