साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारैतिर

चारैतिरबाट चिथोरिएको नेपाल महाभारतको अभिमन्युझैँ युद्धमा परास्त कुटिएको सैनिकझैँ हिरिक हिरिक छ वैरीको झुन्ड उसका चारैतिरबाट लुछ्न र थङ्थिलो पार्न ।

Nepal Telecom ad

होम सुवेदी ;

एउटा छ नेपाल
हजारौँ बाजले
कोपरिएको छ
चिथोरिएको छ
शरीरभरिका घाउबाट
थिलथिलिएको छ
जिउभरिका खटिराले
पिलिएको छ
उसका चारैतिर छन्
हुँडार
बाघ
भालु
चितुवा
अर्ना
र अनेकौँ भोका हिंस्रक जन्तुहरू
यिनैबाट
सारा शरीर
चारैतिरबाट
चिथोरिएको छ
निचोरिएको छ
घरैभित्रका हिँस्रक चितुवाबाट
कोपरिएको छ
चारैतिरबाट
चिथोरिएको नेपाल
महाभारतको अभिमन्युझैँ
युद्धमा परास्त
कुटिएको सैनिकझैँ
हिरिक हिरिक छ
वैरीको झुन्ड
उसका चारैतिरबाट
लुछ्न र थङ्थिलो पार्न
मानौँ
सिकार पाएको हुँडारझुन्डझैँ
खिलखिलाइरहेको छ
खिलखिलाइरहेको छ ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x