साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (८)

आफ्नो श्राद्व गरी आफैं गर्छु पिंण्ड र तर्पण आफ्नो कर्म सकी फेरि आफैलाई समर्पण । यसैगरी सबै आफ्नो काम आफै गरेपछि नमरी स्वर्गमा पुग्न आफ्नो थैलो भरेपछि ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

आफ्नो काम गरौँ आफै मेरो भनाइ हैन र
केही गरेन नेताले भन्नै हुँदैन हुन्छ र । (७१)

आफ्नो गाडी चढौँ आफै राम्रो सिद्धान्त छैन र
आफ्नो पेट भरौँ आफै उच्च विचार हैन र । (७२)

आफ्नो बिहे गरौँ आफै थालौँ जोडी मिलाउन
नबसौँ घरमा बास डुल्न जङ्गल जाउन । (७३)

अर्को मर्दा सधैं हामी मलामी किन धाउनु
आफै मुर्दा भएकोमा आफैं शङ्ख बजाउनु । (७४)

आफ्नो लाश चितामाथी म आफैले चढाउँछु
मेरो यो जिउँदो लाश खरानी मै बनाउँछु ।(७५)

म काजकिरिया आफ्नो आफैले नै गराउँछु
त्यसैले गाउँमा हुन्न अन्त कतै कराउँछु । (७६).

आफ्नो श्राद्व गरी आफैं गर्छु पिण्ड र तर्पण
आफ्नो कर्म सकी फेरि आफैलाई समर्पण । (७७)

यसैगरी सबै आफ्नो काम आफै गरेपछि
नमरी स्वर्गमा पुग्न आफ्नो थैलो भरेपछि । (७८)

मलाई नै धरोधर्म जोसुकैले जिताउँछन्
बिरोधि जिउँदो देख्छन् अनि पाप चिताउँछ्न् । (७९)

मरेको जिउँदो आफै थाहापत्ता नपाउने
सच्चा मान्छे उठेको छु काम गर्नु जिताउने ।(८०)
क्रमश :

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x