साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्वान सभा

पालैपालो कुकुर सबले मेचमा बोल्न पाए सत्ता भत्ता जतिजति थियो झ्वाम्म पारेर खाए कस्ता राम्रा प्रतिनिधि अहा ! लोकमा देखिएका यस्तै यस्तै सरस कविता व्यञ्जना लेखिएका ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

Ghanashyam Regmi

राता काला विविध रङका श्वान एकै थलामा
आफ्नो आफ्नो विवरण भरी पेश गर्ने पलामा
मान्छे भन्दा अलिकति बढी बुद्धि राम्रो हरे हे
वार्ताको यो गजब रमिता देखियो आज गाँठे ।१

नेता बोल्यो कुकुर जतिले गोल घेरा लगाओ
बोल्ने पालो क्रमसित हवस् रोल राम्रो बसायो
ताली ठोके कुकुरजतिले के भनूँ छैन साध्य
हामीलाई किन मनुजले हेप्न थाले असाध्य ।२

रागे पाटे कुकुर सब ती हेर जम्मा भएका
पार्टी खोल्ने समय उनको लाम लागी रहेका
कालो कुत्ता प्रमुख पदमा निर्विरोधै भएको
बोल्ने वक्ता प्रथम छ उही बोल्न लागी रहेको ।३

साथीलाई प्रगति पथको गर्छ बिस्तार खोली
रित्तै हाम्रो किन त अहिलेसम्म खाली छ झोली
भावी सारा घट गठनको योजना पेस गर्दै
आफैँ लाग्यो खुरुखुरु सबको नाम औ ठाम टिप्दै ।४

राते आयो अघि अघि सरी भन्छ हड्डी म खान्छु
चोक्टा देऊ अलिकति ठुलो मात्र विश्वास मान्छु
मेरो जस्तो असल मतिको को छ होला यहाँ खै
साह्रै भोको पनि छु अहिले बात मेरो बुझे है ।५

बोल्ने पालो अलि पछि भयो श्वेत डाङ्ग्रे उठेको
कुर्सी भाँच्ने चलन गतिलो हैन भन्दै बकेको
हामी हाम्रो गतिविधि गरौँ ख्याल राखौ ईमान
मान्छे भन्दा अझ अलि बढी पार्न हाम्रो ईमान ।६

पालैपालो कुकुर सबले मेचमा बोल्न पाए
सत्ता भत्ता जतिजति थियो झ्वाम्म पारेर खाए
कस्ता राम्रा प्रतिनिधि अहा ! लोकमा देखिएका
यस्तै यस्तै सरस कविता व्यञ्जना लेखिएका ।७

०००

बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
हुन बाँकी के रह्यो ?

हुन बाँकी के रह्यो...

फित्काैली डटकम
आधुनिकता

आधुनिकता

हेमराज पन्त
भन रामलखन !

भन रामलखन !

निमेश निखिल
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x