सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्वान सभा

पालैपालो कुकुर सबले मेचमा बोल्न पाए सत्ता भत्ता जतिजति थियो झ्वाम्म पारेर खाए कस्ता राम्रा प्रतिनिधि अहा ! लोकमा देखिएका यस्तै यस्तै सरस कविता व्यञ्जना लेखिएका ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

Ghanashyam Regmi

राता काला विविध रङका श्वान एकै थलामा
आफ्नो आफ्नो विवरण भरी पेश गर्ने पलामा
मान्छे भन्दा अलिकति बढी बुद्धि राम्रो हरे हे
वार्ताको यो गजब रमिता देखियो आज गाँठे ।१

नेता बोल्यो कुकुर जतिले गोल घेरा लगाओ
बोल्ने पालो क्रमसित हवस् रोल राम्रो बसायो
ताली ठोके कुकुरजतिले के भनूँ छैन साध्य
हामीलाई किन मनुजले हेप्न थाले असाध्य ।२

रागे पाटे कुकुर सब ती हेर जम्मा भएका
पार्टी खोल्ने समय उनको लाम लागी रहेका
कालो कुत्ता प्रमुख पदमा निर्विरोधै भएको
बोल्ने वक्ता प्रथम छ उही बोल्न लागी रहेको ।३

साथीलाई प्रगति पथको गर्छ बिस्तार खोली
रित्तै हाम्रो किन त अहिलेसम्म खाली छ झोली
भावी सारा घट गठनको योजना पेस गर्दै
आफैँ लाग्यो खुरुखुरु सबको नाम औ ठाम टिप्दै ।४

राते आयो अघि अघि सरी भन्छ हड्डी म खान्छु
चोक्टा देऊ अलिकति ठुलो मात्र विश्वास मान्छु
मेरो जस्तो असल मतिको को छ होला यहाँ खै
साह्रै भोको पनि छु अहिले बात मेरो बुझे है ।५

बोल्ने पालो अलि पछि भयो श्वेत डाङ्ग्रे उठेको
कुर्सी भाँच्ने चलन गतिलो हैन भन्दै बकेको
हामी हाम्रो गतिविधि गरौँ ख्याल राखौ ईमान
मान्छे भन्दा अझ अलि बढी पार्न हाम्रो ईमान ।६

पालैपालो कुकुर सबले मेचमा बोल्न पाए
सत्ता भत्ता जतिजति थियो झ्वाम्म पारेर खाए
कस्ता राम्रा प्रतिनिधि अहा ! लोकमा देखिएका
यस्तै यस्तै सरस कविता व्यञ्जना लेखिएका ।७

०००

बैजनाथ १- चिसापानी, बाँके

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘च’ महात्म्य

‘च’ महात्म्य

घनश्याम रेग्मी
सडक तँलाई स्वागत छ !

सडक तँलाई स्वागत छ...

घनश्याम रेग्मी
सक्दैन मान्छे हुन

सक्दैन मान्छे हुन

के.पी. पाैडेल
धरोधर्म गर्छु (४२)

धरोधर्म गर्छु (४२)

डिल्लीप्रसाद मूलतिहुन
जमाना

जमाना

सुनिता सापकोटा
महङ्गो भो सपना

महङ्गो भो सपना

बालकृष्ण खनाल
कुबाटोमै जय छ

कुबाटोमै जय छ

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x