साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चौरासी

सबैको गन्तव्य एउटै भएपछि काहिँ जानलाई पनि चौरासी चाहिएको छ सबै हात बाँधेर बसेपछि उद्घाटन, शिलान्यास बाँकी छ हावाले पनि चौरासी कुरेको छ पानीले पनि चौरासी कुरेको छ ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

म पनि चौरासी पर्खिरहेछु
बा पनि चौरासी पर्खिरहेछन्
मेरो र बाको चौरासी फरक छ
फरकका लागि म चौरासी पर्खिरहेछु ।

कोही सत्ता पल्टाउन कुर्लिरहेछन्
कोही सत्ता जोगाउन कुर्लिरहेछन्
कोही करङ् भाँच्न चौरासी कुर्छन्
कोही भ-याङ्ग चढ्न चौरासी कुर्छन्
चौरासीसम्म कसैको आयु बढ्ने छैन
चौरासीसम्म कसैको वायु चल्ने छैन ।

न शोक हुनेछ कसैलाई
न भोक हुनेछ कसैलाई
काममा पनि कोही हुँदैनन्
बेकाम पनि कोही हुँदैनन्
यस्तो राम राज्य भएपछि
मर्नलाई पनि चौरासी चाहिएको छ
केही गर्नलाई पनि चौरासी चाहिएको छ ।

सबैको गन्तव्य एउटै भएपछि
काहिँ जानलाई पनि चौरासी चाहिएको छ
सबै हात बाँधेर बसेपछि
उद्घाटन, शिलान्यास बाँकी छ
हावाले पनि चौरासी कुरेको छ
पानीले पनि चौरासी कुरेको छ
सबै कुरा चौरासीमा हुने भएपछि
उज्यालो पनि चौरासीमै हुन्छ
अँध्यारो पनि चौरासीमै हुन्छ
चौरासीसम्म हात बाँधेपछि
न तिमी हुन्छौ न चौरासी हुन्छ ।

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x