साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (११)

जानेको छु धरोधर्म उल्टो डुङ्गा चलाउन आँधी, हुरी तथा युद्ध जस्ता शब्द फलाउन । भिड जम्मा गराएर नारा उराल्न लाउँछु न्वारानैदेखिको चर्को स्वर झिक्तै कराउँछु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

Dilli Prasad Multihun

सत्ताको स्वादमा भुल्न जुक्तिबुद्धि लगाउँछु
हिजो बैरी भनेकाकै आज पाउ समाउँछु । (१०१)

इमान्दारहरूलाई उल्टै अत्तो लगाउँछु
धम्क्याएर धकेलेर घोक्र्याएर भगाउँछु । (१०२)

जित्ने पक्का भयो भन्छु हुने देखे पराजय
बाहिर आँटिलो हुन्छु भित्र पाल्छु सधैं भय । (१०३)

हार्ने मान्छे हुँदै हैन भन्ने हुङ्कार गर्छु म
आँतमा डरको आगो बालेर भ्रम छर्छु म । (१०४)

कुर्सीको मोहले गर्दा आश्वासन खन्याउँछु
पहाडै काँधमा बोक्ने नारा फलाक्न भ्याउँछु । (१०५)

मैले जितेँ भनेदेखि हुरी बतास ल्याउँला
देशबासीहरूलाई चाँडै स्वर्ग पुर्‍याउँला । (१०६)

उल्टो बग्छन् नदीनाला हाँस्छन् पहाड पर्वत
मेरैछन् योजना राम्रा मलाई नै दिए मत । (१०७)

तारा आकाशका झार्छु ढुङ्गामाटै पगाल्दछु
देश चाँडै नयाँ पार्न छुद्र नीति अँगाल्दछु । (१०८)

जानेको छु धरोधर्म उल्टो डुङ्गा चलाउन
आँधी, हुरी तथा युद्ध जस्ता शब्द फलाउन । (१०९)

भिड जम्मा गराएर नारा उराल्न लाउँछु
न्वारानैदेखिको चर्को स्वर झिक्तै कराउँछु । (११०)

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x