साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्ति वीरको सत्ता यात्रा

हिजो विचारसँग विमति राख्दा कारवाहीमा गोली खाने हामी ! आज विचार बेचेर सत्ता किन्ने तिमी ! हजार जिब्रा भएका शेष नागले पनि बयान गर्न नसक्ने तिम्रो क्रान्तिकारी चरित्रको जय होस् ! क्रान्ति वीरको सत्ता यात्राको जय होस् !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

हिजो जीनपैन्ट लगाउँदा
भाटे कारबाहीमा पर्ने हामी !
आज टाई-सुट लगाउने तिमी !

हिजो बुर्जुवा शिक्षाको नाउँमा
स्कुल जान नपाउने हामी !
आज आफ्ना छोरा छोरीलाई
विदेश पढाउने तिमी !

हिजो मन्दिरमा जाँदा
कुटाई खाने हामी !
आज भैसी र राँगो पूजा गरेर
ग्रह शान्ति गर्ने तिमी !

हिजो विस्तारवादको विरुद्ध
सुरुङ्ग युद्ध गर्ने हामी !
आज सत्ताको लागि
विस्तारवादीको काखमा सुत्ने तिमी !

हिजो सामन्तवादको विरुद्ध
बन्दुक बोक्ने हामी !
आज तीनै सामन्तवादीसँग
कुम मिलाएर हामी लुट्ने तिमी !

हिजो कानको सुन
बेचेर पार्टी चलाउने हामी !
आज एरपोर्टका तस्करी सुन
घर भित्र्याउने तिमी !

हिजो विचारसँग विमति राख्दा
कारवाहीमा गोली खाने हामी !
आज विचार बेचेर
सत्ता किन्ने तिमी !

हजार जिब्रा भएका शेष नागले
पनि बयान गर्न नसक्ने
तिम्रो क्रान्तिकारी चरित्रको
जय होस् !
क्रान्ति वीरको सत्ता यात्राको
जय होस् !

०००
गोरखा । हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x