साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार खाम राजै पुरस्कार खाम

आफ्नाहरू धेरै भए पर्न सक्छ जाम फुपूचेला मामा चेला मिली जुली खाम मिलीजुली खाम राजै मिली जुली खाम अनि मात्र पुरस्कारको उच्च हुन्छ नाम ।

Nepal Telecom ad

हाेम सुवेदी :

पुरस्कार जति हाम्रा बाँडीचुँडी खाम
अरुलाई दिने हैन आफैँतिर हाम
दस बिस हजार होस् कि पाँचै रुप्या होस्
लिनलाई जहाँ भन्यो उतैतिर जाम ।
उतैतिर राम राजै उतैतिर जाम
पुरस्कार खाम राजै पुरस्कार खाम ।।

सम्धी भए निर्णायक सम्धीनीलाई दिम
ससुराले ज्वाइँलाई खोजी खोजी दिम
पाँचै अम्ला चोबी चोबी आफ्नै हातमा घिउ
अनि मात्र निर्णायकले गर्न थाल्छ जिउ
पुरस्कार दिम राजै पुरस्कार दिम
सुरासँग सुप पनि केही तुर्को पिम
केही तुर्को पिम राजै केही तुर्को पिम
पुरस्कार दिम राजै पुरसकार दिम ।।

पुरस्कारका लागि यौटा गीता लेखी गाम
अरुलाई त्यहाँ भित्र बस्न हुन्न ठाम
आफ्नाहरू धेरै भए पर्न सक्छ जाम
फुपूचेला मामा चेला मिली जुली खाम
मिलीजुली खाम राजै मिली जुली खाम
अनि मात्र पुरस्कारको उच्च हुन्छ नाम ।
पुरस्कार जति हाम्रा बाँडीचुँडी खाम
अरुलाई दिने हैन आफैँतिर हाम ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x