साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१२)

द्रव्य फल्ने कुरा पाए थुप्रै नाटक गर्छु म । यस्तै द्रव्य जुटाएर निजी भण्डार भर्छु म । सोझासिधाहरूलाई झुक्याएर यसैगरी । तानाबाना मिलाएर मज्जा लिन्छु सधैँभरी ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

सुन्नेले थपडी ठोके हौसिँदै बोल्न थाल्छु म
जोरीखोज्छ भनेकोही एक्लैदेश उचाल्छु म (१११)

शान्ति स्वतन्त्रता ,क्रान्ति भन्दै मै हुँ निमोठिने
बाटोमा प्रहरीलाई ढुङ्गा ताकेर उफ्रिने (११२)

जिन्दा मुर्दा दुवैवाद फलाक्ने अनि गर्जिने
हान ठोक भनी सोझा उकासेर म नै हिडेँ (११३)

भालासाला सबै बोक्ने मेरो सिद्धान्त हो सुन
यो हाम्रो दलको नीति सिघ्र लागू गराउन (११४)

यस्ता मान्छे सधैं मैले दायाँबायाँ लगाउँदै
चुनावमा म जित्नेछु भूतप्रेत जगाउँदै (११५)

कुर्सी भेट्न सधैं यस्तै छुद्र हर्कत गर्छु म
इच्छा पूरा भए भोलि देशै बिर्सेर चर्छु म (११६)

बेग्लै ढाँचा निकालेर म ब्यवस्था चलाउँछु
म आफ्नो स्वार्थ हेरेर गाउँ बस्ती जलाउँछु (११७)

द्रव्य फल्ने कुरा पाए थुप्रै नाटक गर्छु म
यस्तै द्रव्य जुटाएर निजी भण्डार भर्छु म (११८)

सोझासिधाहरूलाई झुक्याएर यसैगरी
तानाबाना मिलाएर मज्जा लिन्छु सधैँभरी (११९)

उम्लिँदै पोखिँदै गर्छु डिकले बस्न जान्दिनँ
यस्तो टासिन्छु कुर्सीमा खसाल्छन् खस्न जान्दिनँ (१२०)

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x