सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रिय पेशा-माग्ने !

हामी सबैको मन, वचन र कर्ममा समृद्ध नेपाल, सुखी नेपाली छायो । पुरानो नेपाल थन्क्याएर नयाँ नेपाल हेरियो ॥ यसैको लागि, संविधान मात्र होइन सबै कुरा फेरियो ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

हाम्रो सनातन पेशा
कसैले रोक्न सक्दैन ।
जति मतका-जसको सरकार
जसरी आए तापनि
कसैले छेक्न सक्दैन ॥
जसले धेरै माग्न सक्छ
ऊ नै अगाडि भाग्न सक्छ ।

जोगीले कमण्डलुमा भिक्षा माग्ने
शासकले पर्व माग्ने ।
कोत पर्व, भण्डारखाल पर्व
राजदरबार हत्याकाण्ड पर्व
जनयुद्ध पर्व, धनयुद्ध पर्व ।
आजभोलिका आधुनिक पर्व
नागरिकले जागिर माग्ने
अनि राज्यले मृत्यु माग्ने ॥

विहे गर्न कन्यादान माग्ने
चुनाव जित्न मतदान माग्ने ।
विकास गर्न अनुदान माग्ने
कति खप्पिस छौँ हामी माग्न ?
हामीलाई काम गर्न लाज लाग्छ
सधैँभरी मागिरहन गर्व लाग्छ ॥
त्यही भएर नै हो,
राष्ट्रिय पेशा माग्ने बनाएको ।
रेमिट्यान्स माग्नको लागि
सबै युवा विदेश भाग्ने बनाएको ॥

एकदल फालियो, बहुदल आयो
प्रजातन्त्रको दाह्री जुँगा फुलेर
लोकतन्त्र भयो ।
हामी सबैको मन, वचन र कर्ममा
समृद्ध नेपाल, सुखी नेपाली छायो ।
पुरानो नेपाल थन्क्याएर
नयाँ नेपाल हेरियो ॥
यसैको लागि,
संविधान मात्र होइन
सबै कुरा फेरियो ।
लौन हजुर, मात्र एउटा प्रश्न
राष्ट्रिय पेशा-माग्नेलाई
फेर्न मिल्छ कि – मिल्दैन ?

०००
स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही