साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय पेशा-माग्ने !

हामी सबैको मन, वचन र कर्ममा समृद्ध नेपाल, सुखी नेपाली छायो । पुरानो नेपाल थन्क्याएर नयाँ नेपाल हेरियो ॥ यसैको लागि, संविधान मात्र होइन सबै कुरा फेरियो ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

हाम्रो सनातन पेशा
कसैले रोक्न सक्दैन ।
जति मतका-जसको सरकार
जसरी आए तापनि
कसैले छेक्न सक्दैन ॥
जसले धेरै माग्न सक्छ
ऊ नै अगाडि भाग्न सक्छ ।

जोगीले कमण्डलुमा भिक्षा माग्ने
शासकले पर्व माग्ने ।
कोत पर्व, भण्डारखाल पर्व
राजदरबार हत्याकाण्ड पर्व
जनयुद्ध पर्व, धनयुद्ध पर्व ।
आजभोलिका आधुनिक पर्व
नागरिकले जागिर माग्ने
अनि राज्यले मृत्यु माग्ने ॥

विहे गर्न कन्यादान माग्ने
चुनाव जित्न मतदान माग्ने ।
विकास गर्न अनुदान माग्ने
कति खप्पिस छौँ हामी माग्न ?
हामीलाई काम गर्न लाज लाग्छ
सधैँभरी मागिरहन गर्व लाग्छ ॥
त्यही भएर नै हो,
राष्ट्रिय पेशा माग्ने बनाएको ।
रेमिट्यान्स माग्नको लागि
सबै युवा विदेश भाग्ने बनाएको ॥

एकदल फालियो, बहुदल आयो
प्रजातन्त्रको दाह्री जुँगा फुलेर
लोकतन्त्र भयो ।
हामी सबैको मन, वचन र कर्ममा
समृद्ध नेपाल, सुखी नेपाली छायो ।
पुरानो नेपाल थन्क्याएर
नयाँ नेपाल हेरियो ॥
यसैको लागि,
संविधान मात्र होइन
सबै कुरा फेरियो ।
लौन हजुर, मात्र एउटा प्रश्न
राष्ट्रिय पेशा-माग्नेलाई
फेर्न मिल्छ कि – मिल्दैन ?

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x