साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१३)

झुठो बिक्नु भनेकोनै असत्य छर्न पाउनु असत्य छर्नुको अर्थ बाङ्गो बाटो समाउनु । खर्चबर्च उठाएर सकेसम्म कमाउनु कमाउ कामका लागि पर्छ कुर्सी समाउनु ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

जिते गर्छु धरोधर्म यो देश परिवर्तन
कब्जा गर्छु मिलाएर द्रव्य,रासन, आसन ।१२१।

थोत्रा चप्पल फ्याकेर जुत्ता अमूल्य अत्तर
जोडिन्छ महँगो गाडी आलिसान नयाँघर ।१२२।

तुरुन्तै खटियादेखि सिरानी तक फेर्छु म
नयाँ घर नयाँ माल जोडिन्छ दाउ हेर्छु म ।१२३।

हाल चुनावमा भोट भनेको दाम दिन्छु म
जिताए मुखले बोल्छु कामचाहिँ भुलिन्छु म।१२४।

के पर्‍यो घरमा खाँचो अहिले भन दिन्छु म
यसरी जुक्ति लाएर हजारौं भोट किन्छु म।१२५।

केके चाहिन्छ त्यो आज धरोधर्म दिने भएँ
दिए बापतमा मैले भोट मात्रै लिने भएँ।१२६।

यो मैले बोल्नुको अर्थ धेरै भोट जुटाउनु
भोट जुट्नु भनेकोनै जित्ने सङ्केत आउनु।१२७।

जित्ने सङ्केतको अर्थ मेरो भाग्य उदाउनु
मेरो भाग्य भनेकोनै झुट्टा नारा बिकाउनु।१२८।

झुठो बिक्नु भनेकोनै असत्य छर्न पाउनु
असत्य छर्नुको अर्थ बाङ्गो बाटो समाउनु।१२९।

खर्चबर्च उठाएर सकेसम्म कमाउनु
कमाउ कामका लागि पर्छ कुर्सी समाउनु।१३०।

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x