सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गफडीका अन्तरकाे ङ्याउ !

अनि कति त 'कुकुरपालन' गरी भुकाउँछन् । गफडीको पनि खप्परमा के लेखियाथ्याे कुन्नि ! एउटा 'छाउरोपालन' गर्यो ! लुटुपुटु गरेर सुङ्छ । कुन दिन यसले गफडी आफैलाई टोक्छ ? भनी थर्थराउन थाल्या छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

खलको पतन !

कुरा कथ्युर्याएकै भरमा कवि भनिने भए सक्कली कवि को ? लेख्ने काम गर्नेलाई नै लेखक भन्ने हो भने लेखनदास को ? पत्रमा काम गर्ने तर बगडे मगजका र उत्ताउला चिन्तन-मनन विहीनलाई पत्रकार भन्ने हो भने पत्रुकारचाहिँ को ? त्यसैले, असल कविले ‘उर्लदो खहरे’ भनी पहिले केही नभएका र अब केही हुन थालेका, पहिले चाउरिएका र सिलिगुडीका इस्टेसनतिर कैंची काट्नसम्म पछि नपर्ने हाल नेपालमा पसेर केही भएको देख्यो कि ‘एलर्जी’ र आफूलाई ठुलै प्रतिष्ठावान् र चरित्रवान् ठान्ने, तर धुपौरे २ वेहोरा भने एउटा लेखकले हालै लेखेको ‘पॉडुले खिच्चा’ जस्तोलाई कवि- सङ्केत भएको होला भन्ने ठान्छु । यस्ता तत्व स्वयम् खल छन्, तर अरूलाई खलमा दरेर अनि खलमा पिंधाउन चाहन्छन् । जय विडम्वना ! यस्ताको पतन देख्न पाइने दिन गफडीका लागि ‘युटोपिया’ जस्तै भएको छ ।

गफडी के सोफिस्ट हो ?

तर्कका लागि तर्क गर्ने कलाका लागि कला मैं ठानौं, अथवा यसो भनौं- आफ्नो बुद्धिको बुता देखाउनेलाई पनि गफडी भने हुन्छ, अङ्ग्रेजीमा यस्ता गफडीलाई सायद, सोफिस्ट भन्छन् । यता उता कुरा बुझ्दा मानौं गफडी काम नपाएर गफ गर्छ र गफ उसको पेट पाल्ने पेसा हो जस्तो बुझिन्छ । ए ! त्यसो भए गफडीका गफ सुन्नोस् – दुनियाँमा सद्दे खाले गफ भनेकाचाहिँ कस्ता हुन्छन् नि ? हिरा जडेका हुन्छन् कि ? मोती जडेका ? हाड-छाला भएका मान्छेबाट देश-काल- परिस्थिति विचार गरी निस्कने यस्ता गफ मान्छे जस्तै हुन्नन् र ? विचार गर्न बुद्धिजीवीका जिम्मा ! (तर त्यस्ता बुद्धि नै नभएका आफूलाई बुद्धिजीवी ठान्ने वर्गद्वेषीका जिम्मा त होइन है !) अँ त, कुराको सारतत्व गफडीको गफ सोफिस्टे होइन । गफडी समयसापेक्ष भनेर ‘अवसरे’ गफ गर्दैन । जिल्लामा एउटा गुट कसेर त्यसको हितरक्षार्थ केही प्रवुद्धलाई हिलो छ्याप्ने र वुद्ध पार्ने उसको नियत छैन र गफ गरेर कसैको पिंडालु बारी फाँड्ने इरादा पनि छैन । गफडी ‘कसैलाई ताकेर होइन, केहीलाई ताक्छ’ अनि गफडी केहीका नाममा नालाका पैसा टिप्न हिरिक्क हुँदैन । गफडी आफ्ना गफ वौद्धिक मलजल बनून् भन्ने ध्येयले गर्छ । फेरि कुरो आयो. …?

पालन र पालन

गफडीलाई कुराका प्रसङ्गमा ‘पालन’ को हेक्का आयो । हाम्रा परिश्रमी पुर्खाहरू र हालै पनि कैयौ दाजु-भाइहरू ‘गोठपालन’ गर्छन् भने कृषिविशेषज्ञहरू ‘पशुपालन’ मा जोड दिन्छन् अनि कृषिविकास बैंकहरू पनि जोडसँग ‘कुखुरापालन’ भन्छन् । चैन्जो यो गफडी पनि गफपालन गर्छ, भन्ने कुरा आइहाल्ला नि ? (कुरा कति आउँछन् आउँछन् ।) सक्कली यहाँ काम गर्नुपर्नेहरू ‘गफपालन’ गर्छन् । यहाँ आफ्नो कर्मले गर्दा पो गफडीले गफपालन गरे जस्तो देखियो । गफडीका मित्रद्वय गालीमास्टर र उनका चेला सन्कीमास्टर पनि गफै गर्छन् । गफ यहाँ मामुली शब्द प्रयोग भयो-वास्तवमा ‘गाली धुपौर्याई मिश्रित महागफ’ गर्छन्, अनि यस्तै कति ‘कुरापालन’ गर्न अनुसन्धान कार्य गर्छन्, अनि कति त ‘कुकुरपालन’ गरी भुकाउँछन् । गफडीको पनि खप्परमा के लेखियाथ्याे कुन्नि ! एउटा ‘छाउरोपालन’ गर्यो ! लुटुपुटु गरेर सुङ्छ । कुन दिन यसले गफडी आफैलाई टोक्छ ? भनी थर्थराउन थाल्या छ, तर परिस्थिति के गर्ने हजुर, सडकमा घर भएपछि र अरूले निर्लज्ज भुकाउन थालेपछि ‘अनुकरण सिद्धान्त’ गर्ने पर्यो । (जे होस् ! सानो गुह्य खोल्यो है यो गफडीले !)

पातमा पात ! वातमा वात !

पातमा पात भएझै वातमा वात हुने भएकाले गफडीले आज खास केही गम्भीर र महत्वपूर्ण गफ गर्न सकेन । गफ कहिल्यै गुह्य हुँदैनन् भनाइ मात्र गुह्य हुन्छ रपनि गुह्य नभए पनि गुहे त हुँदैनन् गफ र हुनुहुँदैनन्, त्यस्तो गफ ? हो गफ गुहे हुनुहुदैनन् । गफ भाट हुनुहुँदैनन् । गफ गफका लागि पनि हुनुहुँदैनन् । गफ खालि बुद्धि-प्रदर्शन गरिने मात्र पनि हुनुहुँदैनन्, हवस् त ! आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क २१, २०३५
गफडीका गफ (२०६३)

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी