साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हान्दिएँ त हान्दिएँ के गर्छस् ?

कृतिम खोल ओडेर राष्ट्रियताको नारा लगाएपछि यहाँ ब्रह्मलुट गर्न छुट हुन्छ भन्ने वास्तविक कुरै नबुझी किन हाम्रो सत्तोसराप गर्छस् हान्दिएँ त हान्दिएँ के गर्छस् ?

Nepal Telecom ad

राजकुमार लामिछाने :

पैसठ्ठी + पाँच खुलेआम हान्दिएकै हो
हान्दिएको कुरा सर्वत्र भन्दिएकै हो
अरूलाई उल्लु बनाउदै
अलिकति गाउँमा बत्ती बाल्दिए
अलिकति भत्किएको सडक टाल्दिए
अलिकति आँ गर्नेहरूका मुखमा फाल्दिए
बचेको सबै आफ्नै उदरमा हाल्दिए
तिमीहरू जस्ताको किन मान्ने डर
सक्छस् भने जानेको गर
बिनासित्ति किन आँखा तर्छस् ?
हान्दिए त हान्दिए के गर्छस् ?

विदेश जानूपर्यो हजुर भनेर
एक हुल बथान आए
खेतबारी धितो राखेर
एक बोरा द्रव्य ल्याए
त्यो देखेपछि मुखबाट
तररर् र्याल झर्‍यो
बाँडिचुँडी भोजन गर्यौं
सबैका भागमा मनक्यै पर्यो
हामीले खाएको
किन डाहाले मर्छस्
हान्दिएँ त हान्दिएँ के गर्छस् ?

मेरो सालोलाई
मालदार अड्डामा
सरूवा गराउनु पर्यो हजुर
भनेर एकजना कार्यकर्ता आयो
खै कुन धन्दाबाट हो
उसले पनि कुस्त रकम ल्यायो
यसो सोचे
मौकामा उसले हाम्रै झोला बोकेकै हो
हामीले भाषण गर्दा
वाह ! वाह !! भनेर
सबै भन्दा पहिला
उसैले ताली ठोकेकै हो
बिचरालाई कुस्त कमाउने
उसका ससुराली पनि खुशीले रमाउने
धन्सारमा सरूवा गर्दा
किन यत्रो हंगामा गर्छस्
हान्दिएँ त हान्दिएँ के गर्छस् ?

केही काम नपाएर
कहिले गठबन्धनका कुरा
कहिले पशुपतिनाथका चन्दनका कुरा
कहिले जलहरीमा घोटाला भएको कुरा
कहिले लावालस्कर विदेशीकहाँ
गोठाला लाग्न गएको कुरा
कहिले बाबुले सिधै गर्न नमिलेर
छोराले गरेको कुरा
कहिले श्रीमान व्याक भएर
श्रीमतीले ब्रिफकेश प्याक गरेका कुरा
नानाथरी कोट्याउदै
किन हाम्रा आङमा हिलो छर्छस् ?
हान्दिएँ त हान्दिएँ के गर्छस् ?

तिमीहरू जस्तो ट्याउ ट्याउ कराउन आउँदैन
यस्ता बकन्फुसे गफ गर्न हामीलाई
फुर्सद नै हुँदैन
बेलाबेलामा खन्चुवा सम्मेलनको मेला गर्नुपर्छ
देश कसरी दोएर खाने भेला गर्नुपर्छ
विदेशीसँग कुन शीर्षकमा अनुदान माग्ने
त्यसका लागि को उत्तर, को दक्षिण लाग्ने
त्यस्ता छलफलमा सधैं व्यस्त हुनुपर्छ
दिउँसो अरूलाई देखाउन बाझाबाझ गरे पनि
बेलुका एउटै रेष्टुरेन्टमा शक्तिजलले
कुल्ला गर्दै हात मुख धुनुपर्छ ।
यति राम्रो काम गर्दा पनि
कति हाम्रो विरोधमा लागि पर्छस् ?
हान्दिएँ त हान्दिएँ के गर्छस् ?

जनताको माया कसलाई हुँदैन
उनीहरूको पीडाले कसलाई छुँदैन ?
कसैलाई भाषण बाँड्याैँ
कसैलाई रासन बाँड्याैँ
कसैलाई खोक्रा आश्वासन बाँड्याैँ
सबैलाई केही न केही बाँडेको बाँड्यै छौँ ।
यति धेरै बाँड्दा पनि
केही नपाए झैं किन बर्बराउने गर्छस् ?
हान्दिएँ त हान्दिएँ के गर्छस् ?

नैतिकता पोलेर खाएपछि …
इमानदारीता सर्वतसँगै घोलेर पचाएपछि
स्वाभिमान चाप्लुसीसँग मोलेर चपाएपछि
कृतिम खोल ओडेर राष्ट्रियताको नारा लगाएपछि
यहाँ ब्रह्मलुट गर्न
छुट हुन्छ भन्ने वास्तविक कुरै नबुझी
किन हाम्रो सत्तोसराप गर्छस्
हान्दिएँ त हान्दिएँ के गर्छस् ?

०००
हेटाैँडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x