सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठूलो हुने सूत्र

ठूलो हुनलाई, सबै वाद र सिद्धान्तको, राजा हुनुपर्छ । परेको बेला मात्र बज्न सक्ने बेमौसमी बाजा हुनुपर्छ ॥ ठूलो हुनलाई, मुखमा राम राम, बगलीमा छुरा हुनुपर्छ । आफ्नो भलो गर्नलाई साम, दाम, दण्ड, भेद सबैथोक पूरा हुनुपर्छ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

ठूलो हुनलाई जन्मदै,
पुत्री होइन, पुत्र बन्नुपर्छ ।
अरु केही गर्नुपर्दैन,
केवल ठूलो हुने सूत्र जान्नुपर्छ ॥

ठूलो हुनलाई,
आफ्नो गल्ती कहिल्यै,
केही नदेख्ने गरी
आफ्नै आँखामा फूलो पार्नुपर्छ ,
इमान, जमान, सदाचार अनि,
नैतिकतालाई धूलो पार्नुपर्छ ॥

ठूलो हुनलाई,
केही नगरी सित्तैमा,
थुप्रै धन कमाउनुपर्छ ।
कानूनको फेला,
आफू परेको बेला
यो मान्छे त असल हो भन्ने,
छिमेकीको मन कमाउनुपर्छ ॥

ठूलो हुनलाई,
अत्याचार आफूले गर्ने अनि,
अरुलाई घमण्डी भन्नुपर्छ ।
यो सूत्रले काम नगरे,
मानसिक रोगी हो भन्ने थप्नुपर्छ ॥

ठूलो हुनलाई,
सबै वाद र सिद्धान्तको,
राजा हुनुपर्छ ।
परेको बेला मात्र बज्न सक्ने
बेमौसमी बाजा हुनुपर्छ ॥

ठूलो हुनलाई,
मुखमा राम राम,
बगलीमा छुरा हुनुपर्छ ।
आफ्नो भलो गर्नलाई
साम, दाम, दण्ड, भेद
सबैथोक पूरा हुनुपर्छ ॥

लौन हजुर,
आफू परियो, गणितको विद्यार्थी
गणितको सूत्र घोकियो,
ठूलो हुने सूत्र जानिएन ।
ठूला मान्छे देखेर, डकार आयो
आफू ठूलो हुनेतिर,
अँह पटक्कै मन तानिएन ॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’