साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो हुने सूत्र

ठूलो हुनलाई, सबै वाद र सिद्धान्तको, राजा हुनुपर्छ । परेको बेला मात्र बज्न सक्ने बेमौसमी बाजा हुनुपर्छ ॥ ठूलो हुनलाई, मुखमा राम राम, बगलीमा छुरा हुनुपर्छ । आफ्नो भलो गर्नलाई साम, दाम, दण्ड, भेद सबैथोक पूरा हुनुपर्छ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

ठूलो हुनलाई जन्मदै,
पुत्री होइन, पुत्र बन्नुपर्छ ।
अरु केही गर्नुपर्दैन,
केवल ठूलो हुने सूत्र जान्नुपर्छ ॥

ठूलो हुनलाई,
आफ्नो गल्ती कहिल्यै,
केही नदेख्ने गरी
आफ्नै आँखामा फूलो पार्नुपर्छ ,
इमान, जमान, सदाचार अनि,
नैतिकतालाई धूलो पार्नुपर्छ ॥

ठूलो हुनलाई,
केही नगरी सित्तैमा,
थुप्रै धन कमाउनुपर्छ ।
कानूनको फेला,
आफू परेको बेला
यो मान्छे त असल हो भन्ने,
छिमेकीको मन कमाउनुपर्छ ॥

ठूलो हुनलाई,
अत्याचार आफूले गर्ने अनि,
अरुलाई घमण्डी भन्नुपर्छ ।
यो सूत्रले काम नगरे,
मानसिक रोगी हो भन्ने थप्नुपर्छ ॥

ठूलो हुनलाई,
सबै वाद र सिद्धान्तको,
राजा हुनुपर्छ ।
परेको बेला मात्र बज्न सक्ने
बेमौसमी बाजा हुनुपर्छ ॥

ठूलो हुनलाई,
मुखमा राम राम,
बगलीमा छुरा हुनुपर्छ ।
आफ्नो भलो गर्नलाई
साम, दाम, दण्ड, भेद
सबैथोक पूरा हुनुपर्छ ॥

लौन हजुर,
आफू परियो, गणितको विद्यार्थी
गणितको सूत्र घोकियो,
ठूलो हुने सूत्र जानिएन ।
ठूला मान्छे देखेर, डकार आयो
आफू ठूलो हुनेतिर,
अँह पटक्कै मन तानिएन ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x