साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरौँ न मन्त्री अब !

त्यो पार्टी बदली यतातिर सरौँ मन्त्री बनौँला भनी उम्मेद्वार हुँदा प्रशस्त रुपियाँ खर्च्यौँ गनी छन्छनी ! लाखौँ खर्च भयो चुनाव लडदा बेजो उठाऔँ सब !! हामी सांसद मात्र भै कति बसौँ ? फेरौँ न मन्त्री अब !!

Nepal Telecom ad

काशीनाथ मिश्रित :

ओहो ! वर्ष पुगेछ क्या हजुरले मन्त्री बनेको पनि !
पालो गर्नु पर्‍यो, पुग्यो हजुरको, इच्छा सबैको छ नि ।
अर्को पल्ट चुनाव जित्न सकिने हो हैन ठेगान के ?
जम्मा गर्नुहवस् प्रभो हजुरका चम्चे हुँके बैठके !!

खाडीमा करिया बनेर ढुकुटी रैतीहरू भर्दछन्
हेर्ने फुर्सदसम्म छैन प्रभुको को को कहाँ मर्दछन् ?
गोष्ठीमा सहभागिता हुन सके पो देश यो बन्दछ !
के ठेगान नपाउँदै भ्रमणको मौका गएमा पद ?

मन्त्री भैकन राज्यकोष नलुटे बैमान के मान के ?
पौँची जेल पुनः तुरुन्त नछुटे सम्मान के सान के ??
टुक्र्याईकन भाग पुग्दछ भने सम्पूर्ण मन्त्रालय
टुक्र्याऔँ न खसी समान, सबले बन्नै छ मन्त्री अब !

यौटाले कति खानु हो ! सब मिली बाँडेर खाने गरौँ
बाधा गर्छ विधानले यदि भने भाँडेर खाने गरौँ !
सत्तामा रहँदासमेत यसरी दुब्लो भई के मरौँ ?
ती पाजी जनता परून् न सुकुटी, हाम्रो भकारी भरौँ !

त्यो पार्टी बदली यतातिर सरौँ मन्त्री बनौँला भनी
उम्मेद्वार हुँदा प्रशस्त रुपियाँ खर्च्यौँ गनी छन्छनी !
लाखौँ खर्च भयो चुनाव लडदा बेजो उठाऔँ सब !!
हामी सांसद मात्र भै कति बसौँ ? फेरौँ न मन्त्री अब !!

सत्ता हो गुलियो, विपक्ष अमिलो ! चाटौँ चुसौँ तन्तनी
भत्तामा झुलियो, कबोल भुलियो ! लाग्यो नशा फन्फनी
भड्खालातिर जाकियोस् मुलुक यो कल्ले गरोस् मत्लब !
फेर्ने हो र मुहार यो मुलुकको ? फेरौँ न मन्त्री अब !!

०००
फोक्सिङ, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x