साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीतो यथार्थ

बन्न चाहँदैनन् कोही शिक्षक यहाँ, पाइन्न सजिलो घुस खान भनी मास्टर, टमाटर, डाक्टर एकै हुन्, पाइन्छ इज्जत कहाँ भनी ? नपढे मन्त्री बनिन्छ यो देशमा घुँडा धसेर पढेँ सचिव रे ।

Nepal Telecom ad

अन्जु शर्मा :

नेता बनी सुनाम देशमा
सोच्छौ अनपढ हुन जनता भनी
खेल्न त्यो राजनीति खेल सजिलो
भए अनपढ जनता सधैँ ।

हलL गतिलो नभए कसरी ?
जोत्छन के गोरूले खेत !
सन्तान पढ्न पठाइ विदेश नेताले
खोल्छन् के राम्रा कलेज यता ?

बन्छन् अदालत धेरै देशमा,
पाउन जनताले न्याय भनी
खै कहाँ पाउँछन् न्याय भन त ?
लाउँछन् वकिल झगडा आफै भने ?

जोगाउँछन् जागिर सधैँ यिनले,
खल्तीमै राखी नाम र दाम
लगाइ चुक्ली बिगारी घर त्यो
गर्छन् वकालत अदालतमा ।

डाक्टर देशका सेवाका ठूला
निस्वार्थ गर्छन् तिनले सेवा
खानै नपाइ परिवारसँग मिलेर
खोल्छन् रे क्लिनिक ठूला ।

ओठ, मुख सुकाई रुलाई तन त्यो
जोड्छन् बिरामी हात
खुशी बनाई अन्तर्नाद डाक्टर भन्छन्
सधैँ यस्तै हुन जनता अब ।

बलत्कार, चोरी अपराध कम गर्न
रक्षक बन्छन पुलिस दिनमा
देखाउँछन् ईमानदारी तिनले
मिल्छन फुकाली फूली रातमा

अपराधै नभए कहिले देशमा,
कामै के ती पुलिस जनको ?
त्यसैले सोच्छन बढून् अपराधी,
थप्नलाई सजिलो अर्को फूली ।

बन्न चाहँदैनन् कोही शिक्षक यहाँ,
पाइन्न सजिलो घुस खान भनी
मास्टर, टमाटर, डाक्टर एकै हुन्,
पाइन्छ इज्जत कहाँ भनी ?

नपढे मन्त्री बनिन्छ यो देशमा
घुँडा धसेर पढेँ सचिव रे
अनपढ मन्त्री धम्क्याउँछन् सचिवलाई,
बर्खास्त गर्छु अहिले भनी ।

०००
रातोपुल, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x