साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोको हरायो घरबाट आज

बाँधेर राखे पनि हल्लिखल्ली खोले फुकाए पनि यो बिचल्ली ऐना छ जस्तो छ उसै समाज बोको हरायो घरबाट आज ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

कालो र सेतो रङ छापिएको
बोको थियो त्यो अलि मात्तिएको
भन्दा र सुन्दा पनि लाग्छ लाज
बोको हरायो घरबाट आज ।१

देखेर अर्को कि बगाल बाख्रा
ठानेर भाग्यो कि घरान आफ्ना
कता गयो खोज्न समेत लाज
बोको हरायो घरबाट आज ।२

उत्ताउलो त्यो जखरे हुनाले
कामेच्छ भारी तनमा हुनाले
भागेर वा दूर कतै छ काज
बोको हरायो घरबाट आज ।३

लामा तिखा ती सिङ बाङ्गिएका
दाह्री बढी झ्याप्प छ झ्याम्मिएका
नेता हुँ भन्थ्यो सहरै पस्यो कि
कुर्सी चुनी बैठकमै बस्यो कि ।४

आवाज नौला उसले निकाली
बड्केउला बर्बर बर्र पारी
फोहोर गर्दै सब यो समाज
बोको हरायो घरबाट आज ।५

बाँधेर राखे पनि हल्लिखल्ली
खोले फुकाए पनि यो बिचल्ली
ऐना छ जस्तो छ उसै समाज
बोको हरायो घरबाट आज ।६

चन्दा र हप्तातिर पल्कियो कि
छोडेर पाटी गुटमा फस्यो कि
काटिन्छ वा झर्दछ झोल साँझ
बोको हरायो घरबाट आज ।७

०००
बैजनाथ -१, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x