साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतातन्त्रको जय होस्

हिजोसम्म नेताको अगाडि पछाडि कुम हल्लाउने श्यामे मालिक्नीको बक्सिस पाएर ठूलै कम्पनीको हाकिम भएछ ! हाम्रो नेतातन्त्र नेताको भाग्य फुलोस् फलोस् !

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

हिजो अस्तिसम्म
टोले गुन्डाहरुसँग मिलेर
हप्ता उठाउने रामे
सासुको आशिर्वादले
राजदूतमा नियुक्त भएछ !

हिजोसम्म
एरपोर्टबाट सुन ओसार पसार गर्ने भरिया श्यामे
पुलिससँग लुकामारी गर्दै हिँड्थ्यो
जेठानको कृपाले
एरपोर्टको हाकिममा नियुक्ति पाएछ

हिजोसम्म्म
नक्कली शैक्षिक प्रमाण पत्रको धन्दा चलाउने कृष्ण प्रसादले
दाज्यू नेताको कृपाले
सेटिंगबाट सर्बसम्मत
विश्व विद्यालयको भिसीको पद पड्काएछ

हिजोसम्म
बडा नेताको घरमा भात पकाउने डल्ली
नेताज्यूको कोटामा
समानुपातिक सांसद भइछ !

हिजोसम्म
नेताको अगाडि पछाडि कुम हल्लाउने श्यामे
मालिक्नीको बक्सिस पाएर
ठूलै कम्पनीको हाकिम भएछ !

हाम्रो नेतातन्त्र
नेताको भाग्य
फुलोस् फलोस् !

०००
गाेरखा, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x