साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र गरौँ

कुनै बेला राजाहरू तन्त्र गर्थे कुनै बेला पर्धानमुन्तिरीहरू तन्त्र गर्थे आज रासपतिले तन्त्र गरेका छन् किनभने अहिले गणसँग हामी तन्त्र गरिरहेका छौँ ।

Nepal Telecom ad

होम सुवेदी :

उहिल्यैदेखि हामीले तन्त्र गरेका हौँ
यो तन्त्रको नाम कहिले
प्रजासँग गरियो
कहिले बहुदलसँग गरियो
कहिले लोक सँग गरियो
कहिले ठोकसँग गरियो
कहिले भोकसँग गरियो
कहिले झन्डासँग गरियो
कहिले डन्डासँग गरियो
यो तन्त्र गरेका छौँ गरेका छौँ
देशै भरि यो तन्त्र छरेका छौँ छरेका छौँ
तन्त्र छर्दाछर्दै केही बाँचेका छौँ
धेरै मरेका छौँ
तैपनि गरेका छौँ गरेका छौँ
तन्त्र पाल्नेहरूका बोका हौँ हामी
त्यसैले तन्त्रको हरियो घाँस
चरेका छौँ चरेका छौँ
कुनै बेला राजाहरू तन्त्र गर्थे
कुनै बेला पर्धानमुन्तिरीहरू तन्त्र गर्थे
आज रासपतिले तन्त्र गरेका छन्
किनभने अहिले गणसँग हामी
तन्त्र गरिरहेका छौँ
गरौँ है गरौँ
अघाउँजी गरौँ
गणतन्त्र गरौँ
डकारिने गरौँ
मनलागी गरौँ
तन्त्रै तन्त्र गरौँ
गणतन्त्र गरौँ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x