सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धमिरो

फैलाई दासता भुत्ते पार्दै राष्ट्रिय चेतना खुट्टाको बदला दिन्छ बैसाखी उपहारमा लिलामी भाट भाडाका नचाई खुब फन्फनी सत्ताको स्विच चोर्दै छ बहुराष्ट्रिय कम्पनी ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

ठेक्कामा देश माग्दै छन् विदेशी बनियाँहरू
बिक्दै छ देश बेच्दै छन् बिकाउ करियाहरू
हस्तक्षेप छ अर्कैको फुस्क्यो धोती र कन्दनी
सर्वेसर्वा भए छट्टु बहुराष्ट्रिय कम्पनी ।

सियोभै छिर्छ हात्तीझैँ ठाउँ आफ्नो बनाउँछ
पासो थापेर गौडामा मर्म मर्म समाउँछ
छोए ऐंजेरुले जस्तै ध्वस्त पार्दछ जिन्दगी
विषको मन्द मात्रा हो बहुराष्ट्रिय कम्पनी ।

च्याँखे विकासका थापी निर्धा निर्धन देशमा
पस्दै लुसुक्क दाताको कुटिल छद्मभेषमा
गुनको बदला माग्ने गर्छ अस्तित्व बन्धकी
मृगको खालमा स्याल बहुराष्ट्रिय कम्पनी ।

फैलाई रोग रोगीको खोज कस्तो निदान हो
नव विस्तारवादीको यै सिद्धान्त विधान हो
लुटी अपार यी स्रोत सित्तै लैजान्छ जो मणी
खतरा धमिरो जस्तै बहुराष्ट्रिय कम्पनी ।

कैले ताक्छ नदीनाला कैले हिमाल ताक्दछ
दिन्छ हजारमा लाख लैजाने सर्त राख्दछ
हाम्रा दुर्बलतामाथि गर्दै बर्बर ज्यादती
छाडा साँढे बनेको छ बहुराष्ट्रिय कम्पनी ।

फैलाई दासता भुत्ते पार्दै राष्ट्रिय चेतना
खुट्टाको बदला दिन्छ बैसाखी उपहारमा
लिलामी भाट भाडाका नचाई खुब फन्फनी
सत्ताको स्विच चोर्दै छ बहुराष्ट्रिय कम्पनी ।

अस्तित्व देशको विक्री हुँदै छ नुनतेलमा
सार्वभौमिकता ऐले चढेको छ लिलाममा
नफर्के चेतना हाम्रो यस्तो सङ्कटमा पनि
सर्लक्कै देश निल्ने छन् बहुराष्ट्रिय कम्पनी ।

०००
भैरहवा
सीमान्त स्वर (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
प्रगतिवाद

प्रगतिवाद

रुद्र ज्ञवाली
यो देश रक्षा गर

यो देश रक्षा गर

रुद्र ज्ञवाली
खलपात्र

खलपात्र

रुद्र ज्ञवाली
घर्षणवाद

घर्षणवाद

रुद्र ज्ञवाली
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल