साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धमिरो

फैलाई दासता भुत्ते पार्दै राष्ट्रिय चेतना खुट्टाको बदला दिन्छ बैसाखी उपहारमा लिलामी भाट भाडाका नचाई खुब फन्फनी सत्ताको स्विच चोर्दै छ बहुराष्ट्रिय कम्पनी ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

ठेक्कामा देश माग्दै छन् विदेशी बनियाँहरू
बिक्दै छ देश बेच्दै छन् बिकाउ करियाहरू
हस्तक्षेप छ अर्कैको फुस्क्यो धोती र कन्दनी
सर्वेसर्वा भए छट्टु बहुराष्ट्रिय कम्पनी ।

सियोभै छिर्छ हात्तीझैँ ठाउँ आफ्नो बनाउँछ
पासो थापेर गौडामा मर्म मर्म समाउँछ
छोए ऐंजेरुले जस्तै ध्वस्त पार्दछ जिन्दगी
विषको मन्द मात्रा हो बहुराष्ट्रिय कम्पनी ।

च्याँखे विकासका थापी निर्धा निर्धन देशमा
पस्दै लुसुक्क दाताको कुटिल छद्मभेषमा
गुनको बदला माग्ने गर्छ अस्तित्व बन्धकी
मृगको खालमा स्याल बहुराष्ट्रिय कम्पनी ।

फैलाई रोग रोगीको खोज कस्तो निदान हो
नव विस्तारवादीको यै सिद्धान्त विधान हो
लुटी अपार यी स्रोत सित्तै लैजान्छ जो मणी
खतरा धमिरो जस्तै बहुराष्ट्रिय कम्पनी ।

कैले ताक्छ नदीनाला कैले हिमाल ताक्दछ
दिन्छ हजारमा लाख लैजाने सर्त राख्दछ
हाम्रा दुर्बलतामाथि गर्दै बर्बर ज्यादती
छाडा साँढे बनेको छ बहुराष्ट्रिय कम्पनी ।

फैलाई दासता भुत्ते पार्दै राष्ट्रिय चेतना
खुट्टाको बदला दिन्छ बैसाखी उपहारमा
लिलामी भाट भाडाका नचाई खुब फन्फनी
सत्ताको स्विच चोर्दै छ बहुराष्ट्रिय कम्पनी ।

अस्तित्व देशको विक्री हुँदै छ नुनतेलमा
सार्वभौमिकता ऐले चढेको छ लिलाममा
नफर्के चेतना हाम्रो यस्तो सङ्कटमा पनि
सर्लक्कै देश निल्ने छन् बहुराष्ट्रिय कम्पनी ।

०००
भैरहवा
सीमान्त स्वर (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x