साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१८)

म लाग्नेछु सकेसम्म माछाको पहिचानमा बल्छीराख्ने कला सिक्छु अरूआएन ज्ञानमा । विदेशी ऋणले आफ्नै स्वदेशी थिच्न पाउँदा लाग्छ रमाइलो सोही ऋणनै घिच्न पाउँदा ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

उल्टो बुद्धि पलाएर बोलेको गर्न जानिनँ
हिजोआफै फलाकेका कुराको भर मानिनँ ।१८१।

खै के कारणले मेरो सोच यस्तो पलाउँछ
आफ्नै भुँडी भरौँ भन्ने मात्रै विचार आउँछ ।१८२।

यो राजनीतिले खाली उल्टो नाँच्न सिकाउँछ
बोलेको काम छाडेर अर्कोतिर हिँडाउँछ ।१८३ ।

सधैँ नयाँनयाँ भन्दै फोस्रा तर्क रटाउँछ
आफ्नै भाँडाकुँडालाई पुराना भन्न लाउँछ ।१८४।

म सङ्ला पोखरीबाट माछा विभिन्न जातका
बनाई पोखरी बेग्लै पाल्ने जान्दछु नाटक ।१८५।

म लाग्नेछु सकेसम्म माछाको पहिचानमा
बल्छीराख्ने कला सिक्छु अरूआएन ज्ञानमा ।१८६।

विदेशी ऋणले आफ्नै स्वदेशी थिच्न पाउँदा
लाग्छ रमाइलो सोही ऋणनै घिच्न पाउँदा ।१८७।

भिक्षा माग्न बडो इच्छा लाग्छ माग्छु बरोबर
मागेर खान छाडेर कसरी देश चल्छ र ।१८८।

म आफ्ना दलकालाई मगन्ते काम लाउँछु
दामी केही परे फेला हत्तपत्त लुकाउँछु ।१८९।

चढेर दलकै घोडा इच्छा लाग्छ कुदाउन
माग्नुपर्ने भए भोट गाउँ पुग्छु उदाउन ।१९०।

संसारको सबै राम्रो मेरो पारौँ म ठान्दछु
देखिए चम्किला तारा मेरा भनेर मान्दछु ।१९१।

देखेका हँसिया मेरा मेरै हुन् घन हम्मर
गाईगोरु हलो मेरो अरूको भाग पुच्छर ।१९२।

तराजु पनि हो मेरो देश जोख्छु सकेँ भने
मेरै मादल हो थोत्रो ठोक्छु खरी झरे पनि ।१९३।

दियो बत्ती तथा राँको राम्रोसँग जलाउँछु
सधैं मुठ्ठी बटारेर आफ्नो पार्टी चलाउँछु ।१९५।

सबै जङ्गलनै मेरो रुख मेरा भए जति
ठान्दै थिएँ चल्यो हावा रोएँ पात झरेपछि ।१९५।

क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x