विष्णुहरि पाैडेलनैतिकताको खडेरी
अटाओस् थैलीमा अकुत धन खाँदेर कसरी । भिसा मागी लक्ष्मी गुपचुप विदेशी हुन झरी । परेनन् आँखामा अझतक लुरे गुप्तचरका । मिले धामी बोक्सी थर अकग हुन् एक घरका ।

विष्णुहरि पौडेल :
प्रशंसाको भोको किन छ दुनियामा हर जन ?
अघाउन्नन् तृष्णा अपच किन हुन्नन् घुस धन ?
सधैँ औँला उठ्छन् विकृतितिर नै पर्छ नजर ।
हुने छिद्रान्वेषी वर-न-पर वा घाट-न-घर ।१।
बपौती सत्ता हो सरि छ अगुवा वृद्ध नहुने ।
यहाँ निष्ठा साट्छन् रुख र हँसिया नै नचिनिने ।
टुपी भुत्ला एकै सरह दलका चाल चलन ।
बिकेका छन् आस्था डलर र युरो हुन्न अमन ।२।
फिरङ्गीको खुट्टो शिव चरणको दिन्छ झलक ।
भिरेका छन् टाई सुट छ यसमै शान टलक ।
हरो टोपी दौरा पहिरिन झिजो यो घरबुना ।
सुती हेटौंडाको तुजुक तुहियो छैन नमुना ।३।
चिया जस्तै उत्पादन अब हुने रे शिव बटुटी ।
दबाई कके खाँचो ? पतकर कुहिन्छन् जरिबुटी ।
ल खा घाटा खेती, कृषि उपजभन्दा सुन ठिक ।
यसैले नेताको प्रिय सुन भएको छ अधिक ।४।
अटाओस् थैलीमा अकुत धन खाँदेर कसरी ।
भिसा मागी लक्ष्मी गुपचुप विदेशी हुन झरी ।
परेनन् आँखामा अझतक लुरे गुप्तचरका ।
मिले धामी बोक्सी थर अकग हुन् एक घरका ।५।
अनेकौं पाटा छन् अगणित कथा, काण्ड, घटना ।
हलेदो हो ताछी निकष न त यो बन्छ गहना ।
उँभो के लाग्ला यो ग्रहण रविको हुन्छ उदय ।
सधैँ उच्चा हुन्नन् ग्रह शनि दशा,काल समय ।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































