साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२०)

निर्धालाई यिनै सेवा दिएर दिक्क लाउँछु देशनै आँसुमा डुब्दा म मज्जाले रमाउँछु । यस्तै कामहरू गर्दै देश विकास गर्छु म फलिफाप भएकैछ ओरालो किन झर्छु म।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

बाटो खन्नु परे आँसु फिँजाएर खनाउँछु
नीति बनाउँदाखेरि आँसुबाटै बनाउँछु ।२११।

सवारी नगुडेदेखि तेल आँसु बनाउँछु
भोकै हुँदा यिनैआँसु निल्छु टन्न अघाउँछु।२१२।

घडेरीको हुँदा खाँचो आँसुनै म जुटाउँछु
आँसुको जगमा बास सत्र तले उठाउँछु।२१३।

आँसु आफन्तको पेट भर्न प्रयोग गर्छु म
खाना नाना सबैथोक यसैको भर पर्छु म।२१४ ।

सदैव आँसुको भाँडो बनाई काम गर्छु म
दर्बिलो आँसुको भाँडो नछोडी अघिसर्छु म।२१५।

मेरो भाँडो नचिन्नेले उल्टै आँसु बहाउँछ
मेरा निमित्त योआँसु अमूल्य हुन आउँछ ।२१६।

जान्नेले आँसुका थोपा मेरै सामु खसाउनु
सोही दृश्य बिकाएर मैले पर्छ कमाउनु।२१७।

अमूल्य आँसुका थोपा सुटुक्क नखसाउनु
खसाउनै परेदेखि सूचना दिन आउँनु।२१८।

सूचना पाउँनासाथै आफैं बटुल्न आउँला
आँसुको सूचना बोकी दाता गुहार्न जाउँला।२१९।

दातालाई फकाएर पोको हात लगाउँला
हाँसो छर्दै अझै बस्ती आँसुभित्र डुबाउँला।२२०।

खुसियाली अझै धेरै यो बेलामा पलाउँछ
राक्षसी कर्ममा लाग्ने म भित्र जोश आउँछ। २२१।

बोकी उत्साहको राँको गाउँ सल्काउँ झैँ भयो
आँसुको स्वाद पाएर जिब्रो छाडा हुँदै गयो ।२२२।

आँसु झार्नेहरूलाई लाठीलेनै फकाउँछु
गोलीको योजना ल्याई आश्चर्य गर्न भ्याउँछु।२२३।

निर्धालाई यिनै सेवा दिएर दिक्क लाउँछु
देशनै आँसुमा डुब्दा म मज्जाले रमाउँछु।२२४।

यस्तै कामहरू गर्दै देश विकास गर्छु म
फलिफाप भएकैछ ओरालो किन झर्छु म।२२५।
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x