साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोडेजात्रा र नेता

गाई स्वतन्त्र देखेमा मान्छेका कान फुक्दछ बोकेर पीठमा मान्छे गाई पक्रन लाउँछ गधाको वीर्य थापेर जन्मे सन्तान खच्चर घोडा हो जे छ जस्तो छ उस्तै नेता यहाँ तर ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

घोडे जात्रा छ नेताको कोही बोकेर कुद्छन्
हरियो घाँस चाराको बुजो हाल्छन् लुँड्याउँछन्
जात्रै जात्रा छ नेताको घोडेजात्रा जताततै
जात्रामात्र भए हुन्थ्यो हुने हल्लुँडझैँ यसै ।

सवारी पीठमा बोकी तबमात्र चले यिनी
कसेर हानियोस् कोर्रा तत्कालै ती कुदे अनि
अर्काको डाहले भारी आफूमाथि चढाउने
जिन्दगीभर बाँधिन्छन् घाँस खाएर उग्रने ।

कता हो दौडिने थाहा छैन निर्देश पर्खिने
हिन्हिनाए बिनासित्ति तवेला ध्वस्त पार्दिने
चना दिन्छ कुनै अर्को अर्कै कोही सवार छ
चुनावी याममा नेता हेर कस्तो हतार छ ।

गाई स्वतन्त्र देखेमा मान्छेका कान फुक्दछ
बोकेर पीठमा मान्छे गाई पक्रन लाउँछ
गधाको वीर्य थापेर जन्मे सन्तान खच्चर
घोडा हो जे छ जस्तो छ उस्तै नेता यहाँ तर ।

०००
हाल बैजनाथ- १ चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x