साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२१)

अरुका भागको खाना खोस्दै खाँदा रमाउँथेँ अप्ठ्यारोमा परे आफू दोष अन्तै लगाउँथेँ । मीठो राम्रो सबै एक्लै खाने प्रयास थालियो बाँडफाँड गरौँ भन्दा झन्डै घरै उचालियो ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहून :

जन्मजातै अरु भन्दा शक्तिशाली म नै थिएँ
राजनीति उसैबेला जानिसकेर जन्मिएँ ।२२६

आमाले आज भन्दैछन् ठुलै परेछ वेदना
मैले सङ्घर्षको खाका कोर्दै बसेँछु पेटमा ।२२७

धर्तीनै डरले काम्यो भन्थिन् आमा म जन्मिँदा
उल्टो लक्षणको बच्चो थियो भन्छन् अझैँ पिता ।२२८

घरी वल्टो घरी कोल्टो गर्दै सङ्केत यो दिएँ
म भावी क्रान्तिका लागि गर्भै अभ्यासमा थिएँ ।२२९

रुन्थिस् खानु परेदेखि मैले दूध चुसाउँथेँ
सेल्टी भन्थिस् सधँ राति मैले नै दुःख पाउँथेँ ।२३०

जागा बस्नुपर्‍यो राति छोरा तँ ननिदाउँदा
मार्छ भन्थे अरे काका मैले घोचो उठाउँदा ।२३१

आमाकै काखमा मूत्र मल जो त्याग गर्दथेँ
यसरी जन्मदैदेखि त्यागी बच्चो ठहर्दथेँ ।२३२

बाबाले काँधमा बोके गाला टोकीदिने गरेँ
हाँस्दै भन्थे बुबा मेरा हुन्छस् क्यारे तँ जब्बरे ।२३३

बिस्तारै हुर्किदै जाँदा थालेँ जात जनाउन
मज्जा लाग्यो बुबाआमा दुवैलाई सताउन ।२३४

माटो डल्लो बनाएर खेल्थेँ यो बम हो भनी
हान्छु मार्छु सबैलाई भन्थेँ सानो छँदा पनि ।२३५

थालियो झगडा गर्न चाहियो खेल्न बन्दुक
हान्ने मार्ने कुरा सिक्न भएँ असाध्य उत्सुक ।२३६

तलाई यसरी हान्छु भन्दै खोज्थेँ रिसाउन
जिन्दावाद जितेँ भन्दै थाल्थेँ मुठ्ठी उठाउन।२३७

भेट्टाए बाँसका भाटा सबैलाई ठटाउथेँ
घोच्छु आँखा भनी थालेँ परिवार सताउन ।२३८

अरुका भागको खाना खोस्दै खाँदा रमाउँथेँ
अप्ठ्यारोमा परे आफू दोष अन्तै लगाउँथेँ ।२३९

मीठो राम्रो सबै एक्लै खाने प्रयास थालियो
बाँडफाँड गरौँ भन्दा झन्डै घरै उचालियो ।२४०
क्रमशः

०००

चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x