सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धरोधर्म गर्छु (२२)

राम्रो लाग्छ मलाई त सिक्नभन्दा सिकाउन भएँ जान्ने नजानेरै अरूलाई सताउन । आफू हुन्न हलो जोत्नु जोताउन हुने अरू यही मेरो नयाँ शिक्षा सबैले सम्झ यो बरू ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहन :

गरे इच्छा पढोस् भन्ने सिधा आमा बुवाहरू
ला बन्दुक चला गोली भने हुने थियोे बरू ।(२४१)

कसरी वनमा लुक्ने भनेर सिक्न पाइयोस्
अर्काका घरमा छिर्दै चाहेको झिक्न पाइयोस् ।(२४२)

अर्काकै घरको भाले चाख्ने जुक्ति सिकाइयोस्
मासु खाने हुँदा इच्छा जेसुकै जीव पाइयोस् ।(२४३)

सत्य कर्म हुँदै हैन असत्यमा हिँडाइयोस्
अरूको पसिना आफ्नो पार्ने शिक्षा दिलाइयोस् ।(२४४)

जसरी कागको अण्डा कोइली चोर्न जान्दछ
त्यस्तै शिक्षा धरोधर्म यो मान्छे बेस मान्दछ ।(२४५)

त्यसैले पढ्नुको सट्टा उपद्रो सिक्न थालियो
साह्रैनै दुःखले भिन्न बाटो बल्ल समाइयो ।(२४६)

क्रान्ति शब्द नघोकाए शिक्षा बुर्जुवा मान्छु म
बोकेर हातमा राँको धुरी चढ्न चाहन्छु म ।(२४७)

अरूभन्दा अनौठो नै सोच मभित्र हुर्कियो
जम्दैको नयाँ सोच हुर्किदा मन फुर्कियो ।(२४८)

यस्तै सोच अरूलाई इच्छा लाग्यो सिकाउन
मलाई सक्छु झै लाग्ने जून तारा खसाउन ।(२४९)

कानुनी राज्यको पाठ सोझालाई पढाउन
इच्छा लाग्छ तिनैमाथि आफ्ना खुट्टा चढाउन ।(२५०)

मज्जा लाग्छ मलाई त सिक्न अनि सिकाउन
अब्यवस्था मिसाएर यो ब्यवस्था टिकाउन ।(२५१)

कतै मार्ने कतै मर्ने झोस्नेखोस्ने सबै कुरा
यस्तै सिक्न नपाएमा सुर्किने गर्छु पाखुरा ।(२५२)

राम्रो लाग्छ मलाई त सिक्नभन्दा सिकाउन
भएँ जान्ने नजानेरै अरूलाई सताउन ।(२५३)

आफू हुन्न हलो जोत्नु जोताउन हुने अरू
यही मेरो नयाँ शिक्षा सबैले सम्झ यो बरू ।(२५४)

कमाउनेहरूबाट खोसेर राख्न सिक्नु छ
चारो खोज्ने मरुन् भोकै आफूले चाख्न सिक्नु छ ।(२५५)
क्रमशः

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (२१)

धरोधर्म गर्छु (२१)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (२०)

धरोधर्म गर्छु (२०)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१९)

धरोधर्म गर्छु (१९)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१८)

धरोधर्म गर्छु (१८)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१७)

धरोधर्म गर्छु (१७)

डिल्लीप्रसाद मूलतिहुन
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल