साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२२)

राम्रो लाग्छ मलाई त सिक्नभन्दा सिकाउन भएँ जान्ने नजानेरै अरूलाई सताउन । आफू हुन्न हलो जोत्नु जोताउन हुने अरू यही मेरो नयाँ शिक्षा सबैले सम्झ यो बरू ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहन :

गरे इच्छा पढोस् भन्ने सिधा आमा बुवाहरू
ला बन्दुक चला गोली भने हुने थियोे बरू ।(२४१)

कसरी वनमा लुक्ने भनेर सिक्न पाइयोस्
अर्काका घरमा छिर्दै चाहेको झिक्न पाइयोस् ।(२४२)

अर्काकै घरको भाले चाख्ने जुक्ति सिकाइयोस्
मासु खाने हुँदा इच्छा जेसुकै जीव पाइयोस् ।(२४३)

सत्य कर्म हुँदै हैन असत्यमा हिँडाइयोस्
अरूको पसिना आफ्नो पार्ने शिक्षा दिलाइयोस् ।(२४४)

जसरी कागको अण्डा कोइली चोर्न जान्दछ
त्यस्तै शिक्षा धरोधर्म यो मान्छे बेस मान्दछ ।(२४५)

त्यसैले पढ्नुको सट्टा उपद्रो सिक्न थालियो
साह्रैनै दुःखले भिन्न बाटो बल्ल समाइयो ।(२४६)

क्रान्ति शब्द नघोकाए शिक्षा बुर्जुवा मान्छु म
बोकेर हातमा राँको धुरी चढ्न चाहन्छु म ।(२४७)

अरूभन्दा अनौठो नै सोच मभित्र हुर्कियो
जम्दैको नयाँ सोच हुर्किदा मन फुर्कियो ।(२४८)

यस्तै सोच अरूलाई इच्छा लाग्यो सिकाउन
मलाई सक्छु झै लाग्ने जून तारा खसाउन ।(२४९)

कानुनी राज्यको पाठ सोझालाई पढाउन
इच्छा लाग्छ तिनैमाथि आफ्ना खुट्टा चढाउन ।(२५०)

मज्जा लाग्छ मलाई त सिक्न अनि सिकाउन
अब्यवस्था मिसाएर यो ब्यवस्था टिकाउन ।(२५१)

कतै मार्ने कतै मर्ने झोस्नेखोस्ने सबै कुरा
यस्तै सिक्न नपाएमा सुर्किने गर्छु पाखुरा ।(२५२)

राम्रो लाग्छ मलाई त सिक्नभन्दा सिकाउन
भएँ जान्ने नजानेरै अरूलाई सताउन ।(२५३)

आफू हुन्न हलो जोत्नु जोताउन हुने अरू
यही मेरो नयाँ शिक्षा सबैले सम्झ यो बरू ।(२५४)

कमाउनेहरूबाट खोसेर राख्न सिक्नु छ
चारो खोज्ने मरुन् भोकै आफूले चाख्न सिक्नु छ ।(२५५)
क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x