अमृत अधिकारीसबै मिली खाए
गाउँका बाख्रा चोर पनि, पर्या छैनन् खोर जस्ले सबै स्वाहा पार्छ, उस्कै ठूलो स्वर । को आए को गए, न त मेसो पाए जति मौका दिए पनि, सबै मिली खाए ।

अमृत अधिकारी :
हाच्छ्युँ आए अल्छिन, बस्छ अल्छी एकछिन
कामकाज केही छैन, डुलिरन्छ रातदिन ।
खोक्नु सम्म खोकिसक्यो, किन बोल्छ प्वाक्क
दुनियाँनै दिक्क भाछन्, वकिल सुद्ध वाक्क ।
जो पनि जान्ने सुन्ने, नजान्नेलाई जादु
भ्रष्ट पापी माथि पुग्ने, भलाद्मी चाहिँ साधु ।
हाकिमदेखि नेतासम्म, आफ्नै भुँडी भर्छन्
झगडाको बीउ रोप्दै, भ्रमको खेती गर्छन् ।
देशै लुटिखाए पनि, तागत छैन जिउमा
आफ्नो पीडा देखाउन, नुन छर्किन्छ घाउमा ।
गाउँका बाख्रा चोर पनि, पर्या छैनन् खोर
जस्ले सबै स्वाहा पार्छ, उस्कै ठूलो स्वर ।
को आए को गए, न त मेसो पाए
जति मौका दिए पनि, सबै मिली खाए ।
०००
बैरेनी-९, धादिङ
Subscribe
Login
0 Comments
Oldest








































